default_image

4 years ago

May 25, 2022

पाटिदारको विष्फोटक शतकमा बेंगलोरको विशाल योगफल

222 views

0 Bookmark

एजेन्सी – शीर्षक्रमका ब्याटर राजत पाटिदारको विष्फोटक शतकमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई २ सय ८ रनको विशाल लक्ष्य दिएको छ ।

इडेन गार्डेन कोलकातामा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ७ रन बनायो । बेंगलोरका राजत पाटिदारले ५४ बलमा १२ चौका र ७ छक्कासहित १ सय १२ रनको अविजित शतकीय इनिङ खेले ।

पाटिदारले ४९ बलमा आफ्नो आइपिएल र टि२० करिअरको पहिलो शतक पूरा गरेका थिए । मोहसिन खानलाई मिडविकेटमा छक्का प्रहार गर्दै आइपिएल प्लेअफमा शतक प्रहार गर्ने पहिलो अनक्याप्ड खेलाडी बने ।

यसअघि आइपिएलको प्लेअफ वा नकआउटको खेलमा अनक्याप्ड खेलाडीको रुपमा सर्वाधिक रन मनिष पाण्डेको नाममा छ । पाण्डेले २०१४ मा कोलकाता नाइट राइडर्सबाट पन्जाबकिंग्सविरुद्ध ९४ रन बनाएका थिए ।

विकेटकिपर दीनेश कार्तिक २३ बलमा ५ चौका र १ छक्कासहित ३७ रनमा अविजित रहे । पाँचौं विकेटका लागि कार्तिक र पाटिदारले ४१ बलमा ९२ रनको अविजित साझेदारी गर्दै विशाल योगफलमा पुर्याए । अन्तिम पाँच ओभरमा बेंगलोरले ८४ रन जोडेको थियो ।

तीव्र गतिका बलर मोहसिन खानले पहिलो ओभरको पाँचौं बलमा कप्तान फाफ डु प्लेसिसलाई क्विन्टन डि ककबाट क्याच गराउँदै गोल्डेन डक पेभेलिएन फर्काए । दोस्रो विकेटका लागि विराट कोहली र राजतले ६६ रनको साझेदारी गरेका थिए ।
कोहली आवेश खानको बलमा थर्डम्यानमा मोहसिन खानबाट २५ रनमा क्याच भए ।

कोहलीले २४ बलमा २ चौका हाने । स्पिन क्रुनाल पान्ड्याको बलमा ग्लेन म्याक्सवेल ९ रनमा डिप स्क्वायर लेगमा इविन लेविसबाट क्याच भए । लखनऊका मोहसिन खानले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । क्रुनाल पान्ड्याले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए । रवि विश्रोईले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । आवेश खानको नाममा १ विकेट रह्यो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.