default_image

4 years ago

May 26, 2022

लखनऊलाई हराउँदै बेंगलोर आइपिएलको क्वालिफायरमा

362 views

0 Bookmark

एजेन्सी – राजत पाटिदारको सानदार शतकको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार राती एलिमिनेटर खेलमा बेंगलोरले लखनऊ सुपर जायन्ट्सलाई १४ रनले हराउँदै क्वालिफायरमा राजस्थान रोयल्ससँगको भेट पक्का गर्यो ।

जितको लागि २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९३ रन बनायो । लखनऊका कप्तान लोकेश राहुलले ५८ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ७९ रनको योगदान पनि टोलीलाई अर्को चरणमा पुर्याउन सकेनन् ।

राहुल जोश हेजलवुडको १९ औं ओभरको चौथो बलमा शहबाज अहमदबाट क्याच आउट भएपछि लखनऊको जितको सम्भावना आकाशिएको थियो । दीपक हुडाले २६ बलमा १ चौका र ४ छक्कासहित ४५ रन जोडे । तेस्रो विकेटका लागि राहुल र हुडाले ६१ बलमा ९६ रनको साझेदारी गर्दै गुजरातलाई जितको सम्भावना देखाई राखेका थिए । ओपनर क्विन्टन डि कक ६ र मनान बोहरा १९ रनमा आउट भएका थिए ।

लखनऊलाई अन्तिम १८ बलमा जितको लागि ४१ रन चाहिँएको अवस्थामा हर्षल पटेलले १८ औं ओभरमा ८ रनमात्र खर्चेपछि जित कठिन बनेको थियो । १९ औं ओभरमा जोश हेजलवुडले ९ रन खर्चेर राहुल सहित दुई विकेट लिएपछि बेंगलोरको जित बलियो बनेको थियो । दुश्मन्था चामिराले ११ र एविन लेविसले २ रन जोडे ।

बेंगलोरका जोश हेजलवुडले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराज, वानिन्दु हसरंगा र हर्षल पटेलले १–१ विकेट लिए ।

त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो । बेंगलोरका स्टार ब्याटर नचलेपनि शीर्षक्रमका राजत पाटिदारले ५४ बलमा १२ चौका र ७ छक्कासहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेले ।

पाटिदारले ४९ बलमा आफ्नो आइपिएल र टि२० करिअरको पहिलो शतक पूरा गरेका थिए । मोहसिन खानलाई मिडविकेटमा छक्का प्रहार गर्दै आइपिएल प्लेअफमा शतक प्रहार गर्ने पहिलो अनक्याप्ड खेलाडी बने ।

विकेटकिपर दीनेश कार्तिक २३ बलमा ५ चौका र १ छक्कासहित ३७ रनमा अविजित रहे । पाँचौं विकेटका लागि कार्तिक र पाटिदारले ४१ बलमा ९२ रनको अविजित साझेदारी गरेका थिए । विष्फोटक अन्त्य गर्नेकममा बेंगलोरले अन्तिम पाँच ओभरमा बेंगलोरले ८४ रन जोडेको थियो ।

तीव्र गतिका बलर मोहसिन खानले पहिलो ओभरको पाँचौं बलमा कप्तान फाफ डु प्लेसिसलाई क्विन्टन डि ककबाट क्याच गराउँदै गोल्डेन डक पेभेलिएन फर्काए । दोस्रो विकेटका लागि विराट कोहली र राजतले ६६ रनको साझेदारी गरेका थिए । कोहली आवेश खानको बलमा थर्डम्यानमा मोहसिन खानबाट २५ रनमा क्याच भए ।

कोहलीले २४ बलमा २ चौका हाने । स्पिन क्रुनाल पान्ड्याको बलमा ग्लेन म्याक्सवेल ९ रनमा डिप स्क्वायर लेगमा इविन लेविसबाट क्याच भए । लखनऊका मोहसिन खान, क्रुनाल पान्ड्या, रवि विश्रोई र आवेश खानले १-१ विकेट लिए ।

विजेता टोली बेंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग फाइनल प्रवेशको लागि शुक्रबार प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगेको छ । फाइनल आइतबार अहमदाबादमा हुनेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.