default_image

4 years ago

May 27, 2022

आइपिएलको फाइनलमा पुग्न राजस्थान र बेंगलोर भिड्दै

211 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ ।

राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग ७ विकेटले पराजित हुँदै बाहिरिएको थियो । अन्तिम ६ बलमा १६ रन चाहिँएको अवस्थामा डेविड मिलरले प्रसिद्ध कृष्णलाई सुरुवाती तीन बलमा लगातार छक्का प्रहार गर्दै गुजरातलाई फाइनलमा पुर्याएका थिए । बेंगलोर भने एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई १४ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

बेंगलोरले सन् २०१६ पछि हालसम्म फाइनल खेल्न सकेको छैन । राजस्थान पहिलो संस्करणको २००८ को आइपिएल च्याम्पियनपछि फाइनल सम्मको यात्रा तय गर्न सकेको छैन । राजस्थानमा यस सिजनमा सर्वाधिक रन बनाउने ब्याटर जस बटलर र विकेटलिने बलर स्पिनर युजभेन्द्र चहल छन् ।

जस बटलरले १५ खेलमा ३ मा शतक र ४ मा अर्धशतक सहित कुल ७ सय १८ रन बनाएका छन् । चहल २६ विकेटका साथ शीर्षस्थानमा छन् । बटलरले पछिल्लो खेलमा गुजरातविरुद्ध ८९ रनको इनिङ खेलेका थिए । उनको लय र प्रदर्शन आजको खेलमा धेरै महत्वपूर्ण हुने गर्दछ । बटलर सुरुवाती केहि समय लिँदै अन्तिममा विष्फोटक अन्त्य गर्दै आएका छन् ।

मध्यक्रममा सञ्जु स्यामसन र शिम्रन हेटमायरको प्रदर्शनले धेरै महत्वपूर्ण राख्नेछ । अहमदाबाद स्पिनर उपयोगी पिच मानिन्छ । त्यसैले दुबै टोलीको स्पिनरको प्रदर्शन महत्वपूर्ण हुनेछ । तुलनात्मक रुपमा बेंगलोर भन्दा राजस्थानको स्पिन आक्रामण मजबुत छ । राजस्थानका दुई स्पिनर रविचन्द्रन आश्विन र चहल घातक बन्न सक्छन् ।

तीव्र गतिका बलर ट्रेन्ट बोल्ट, आबेद म्याकोय र प्रसिद्ध कृष्ण हुनेछन् । प्रसिद्ध कृष्णको स्थानमा कुलदीप सेन वा नवदीप सैनी मध्य एकलाई मौका दिनसक्छ । यता बेंगलोरले एलिमिनेटरमा लखनऊलाई हराउन शीर्षक्रमका ब्याटर रजत पाटिदारलो १ सय १२ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

तर उनीसँगै प्रमुख ब्याटर विराट कोहली, फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलको उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । फिनिसरमा दीनेश कार्तिकले सादार प्रदर्शन गर्दै आएका छन् । उनी घातक बन्नसक्छन् । स्पिनर वानिन्दु हसरंगा बेंगलोरका हतियार हुन् । उनले जारी सिजनमा २५ विकेट लिई सकेका छन् ।

पर्पल क्यापको दौडमा रहेका उनीको प्रदर्शन मध्यक्रममा महत्वपूर्ण हुनेछ । बेंगलोरको डेथ ओभर बलिङ उत्कृष्ट छ । जोश हेजलवुड र हर्षल पटेलले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । हर्षलले १९ र हेजलवुडले यस सिजनमा १८ विकेट लिएका छन् । आजको विजेताले फाइनलमा आइतबार गुजरातसँग प्रतिस्पर्धा गर्नेछ ।

हेड टु हेड :

आइपिएलमा राजस्थान र बेंगलोरबीच कुल २७ खेल भएका छन् । राजस्थान ११ र बेंगलोर १३ खेलमा विजयी भएका छन् । जारी सिजनका दुई खेलमा दुबै टोली एक एक खेलमा विजयी भएका छन् ।

पहिलो खेलमा बेंगलोर ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा २९ रनले पराजित भएको थियो । पछिल्ला पाँच प्रतिस्पर्धामा बेंगलोर चार खेलमा विजयी भएको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.