default_image

4 years ago

May 27, 2022

फाइनलमा पुग्न राजस्थानलाई बेंगलोरको मध्यम लक्ष्य

258 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सलाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । बेंगलोरका रजत पाटिदारले ४२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५८ रन बनाए । राजस्थानका तीव्र गतिका बलर ओबेद म्याकोय र प्रसिद्ध कृष्णले उत्कृष्ट बलिङ गरेपछि मध्यक योगफलमै रोकिएको थियो ।

पाटिदारले छैटौं ओभरको पाँचौं बलमा ब्यक्तिगत १४ रनमा जीवनदान पाएका थिए । प्रसिद्ध कृष्णको बलमा रियान परागले क्याच छाड्न पुग्दा अघिल्लो खेलमा लखनऊ सुपर जायन्ट्सविरुद्धका शतकदारीले जीवनदानको फाइदा उठाए । प्रमुख ब्याटर विराट कोहली पुन सस्तैमा आउट भए । तीव्र गतिका बलर प्रसिद्ध कृष्णको दोस्रो ओभरको पाँचौं बलमा आउटसाइड एज लागेर विकेटकिपर सञ्जु स्यामसनबाट ७ रनमा समातिए ।

दोस्रो विकेटका लागि पाटिदार र फाफ डु प्लेसिसले ७० रनको साझेदारी गर्दै बेंगलोरलाई अघि बढाए । डु प्लेसिस ओबेद म्याकोयको बलमा आश्विनबाट २५ रनमा क्याच भए । बेंगलोरका आक्रामक ब्याटर ग्लेन म्याक्सवेल १३ बलमा १ चौका र २ छक्कासहित २३ रनमा क्याच आउट भए । बोल्टको १४ औं ओभरको अन्तिम बलमा फाइन लेगमा छक्का हार्न खोजेपनि म्याकोयबाट क्याच भए ।

पाटिदार आश्विनको १६ औं ओभरको तेस्रो बलमा लगातार दुई छक्का हान्ने धुनमा जस बटलरबाट क्याच हुन पुगे । पाटिदार आउट भएपछि बेंगलोरले रनको गति बढाउन सकेन । दीनेश कार्तिक ६, महिपाल लोमरोर ८, हर्षल पटेल १, वानिन्दु हसरंगा गोल्डेन डक आउट भए । शहबाज अहमद १२ रनमा अविजित रहे ।

राजस्थानका तीव्र गतिका बलर प्रसिद्ध कृष्णले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । बायाँ हाते तीव्र गतिका बलर ओबेद म्याकोयरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्ट र रविचन्द्रन आश्विनको नाममा १–१ विकेट रह्यो ।

आजको विजेता फाइनलमा पुग्नेछ । फाइनलमा गुजरात टाइटन्ससँग आइतबार प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुगि सकेको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.