4 years ago
May 28, 2022
एजेन्सी – राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा १४ वर्षपछि फाइनलमा पुगेको छ । राजस्थानले शुक्रबार राती दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले हराउँदै पहिलो संस्करणपछि फाइनलमा पुगेको हो ।

राजस्थानले सन् २००८ मा भएको पहिलो संस्करणको उपाधि जितेको थियो । फाइनलमा चेन्नई सुपर किंग्सलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । त्यसपछि भने राजस्थानले फाइनलमा स्थान बनाउन सकेको थिएन । राजस्थान त्यसपछि २०१३ मा क्वालिफायरमा पुगेको थियो ।
२०१३ मा राजस्थानले तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको थियो । क्वालिफायरमा मुम्बई इन्डियन्ससँग ४ विकेटले पराजित हुँदै बाहिरिएको थियो । मुम्बईले फाइनलमा चेन्नईलाई हराउँदै आइपिएलको पहिलो उपाधि जितेको थियो ।

त्यसपछि राजस्थान २०१५ र २०१८ मा एलिमिनेटरबाट बाहिरिएको थियो । २०१५ मा राजस्थान बेंगलोरसँग ७१ रनले पराजित हुँदै बाहिरिएको थियो । २०१८ को एलिमिनेटर खेलमा कोलकातासँग २५ रनले पराजित हुँदै बाहिरिएको थियो । अन्य सिजनमा भने राजस्थान लिगबाटै बाहिरिदै आएको थियो ।
जितको लागि १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको राजस्थानले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । राजस्थानको जितमा जस बटलर ६० बलमा १० चौका र ६ छक्कासहित सर्वाधिक १ सय ६ रनमा अविजित रहे । बटलरको जारी सिजनको चौथो शतक हो ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । बेंगलोरका रजत पाटिदारले ४२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५८ रन बनाए । राजस्थानमा तीव्र गतिका बलर प्रसिद्ध कृष्ण र ओबेद म्याकोयले ३–३ विकेट लिए ।
राजस्थानले उपाधिको लागि आइतबार अहमदाबादमा गुजरात टाइटन्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा गुजरातसँग ७ विकेटले पराजित हुँदा राजस्थानले दोस्रो क्वालिफायर खेल्नु परेको थियो । राजस्थान दोस्रो पटक र घरेलु टोली गुजरात पहिलो सिजनमै च्याम्पियन बन्न चाहन्छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]