4 years ago
May 28, 2022
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग ७ विकेटले पराजित हुँदै बाहिरियो । पहिलो पटक च्याम्पियन बन्ने बेंगलोरको सपना यो सिजनमा पनि अधुरै भयो ।

जितको लागि १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको राजस्थानले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । राजस्थानको जितमा जस बटलर ६० बलमा १० चौका र ६ छक्कासहित सर्वाधिक १ सय ६ रनमा अविजित रहे । बटलरको जारी सिजनमा चौथो शतक हो । यशस्वी जैसवाल १३ बल खेलेका जैसवालले १ चौका र २ छक्का सहित २१ रनमा आउट भए ।
कप्तान सञ्जु स्यामसन २१ बलमा १ चौका र २ छक्कासहित २३ रनमा स्टम्पिङ आउट भए । बेंगलोरका जोश हेजलवुडले २ र वानिन्दु हसरंगाले १ विकेट लिए ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । बेंगलोरका रजत पाटिदारले ४२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५८ रन बनाए ।
राजस्थानका तीव्र गतिका बलर प्रसिद्ध कृष्णले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । बायाँ हाते तीव्र गतिका बलर ओबेद म्याकोयरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्ट र रविचन्द्रन आश्विनको नाममा १–१ विकेट रह्यो । बेंगलोरले राजस्थानसँग हार्नुको पाँच कारण यस प्रकार छन् ।
५. म्याकोय र प्रसिद्धको उत्कृष्ट बलिङ

बेंगलोरलाई सस्तैमा रोक्न तीव्र गतिका बलर प्रसिद्ध कृष्ण र ओबेद म्याकोयले उत्कृष्ट बलिङ गरे । यी दुई बलरले ८ ओभरमा अर्थात ४८ बलमा ४३ रन खर्चेर ६ विकेट लिए । राजस्थानको त्यहिँ नै जितको मुख्य आधार थियो । किनभने कुनैपनि टोलीले ६ विकेट दुई बलरलाई दिन्छ भने ठूलो योगफल बनाउन सक्दैन ।
प्रसिद्धले विराट कोहली, दीनेश कार्तिक र वानिन्दु हसरंगाको विकेट लिएका थिए । म्याकोयले फाफ डु प्लेसिस, महिपाल लोमरोर र हर्षल पटेललाई आउट गरे । म्याकोय र प्रसिद्ध कृष्णको बलको सामना गर्न नसक्नुको बेंगलोरको हारको एक कारण हो ।
४. दोस्रो ओभरमै कोहली आउट हुनु

विराट कोहली बेंगलोरका प्रमुख ब्याटर हुन् । प्रमुख ब्याटरको प्रदर्शनले डग आउटमा अन्य खेलाडीलाई धेरै फरक पर्छ । तर कोहली प्रसिद्ध कृष्णाको दोस्रो ओभरको पाँचौं बलमा आउटसाइड एज लागेर आउट भएपछि बेंगलोर समस्यामा परेको थियो ।
सुरुमै कोहली आउट भएपछि बेंगलोरका अन्य ब्याटर खुलेर खेल्न सकेका थिएनन् । फाफ डु प्लेसिसमा त्यो दबाब झल्किन्थ्यो । कुनैपनि टोलीलाई विशाल योगफल बनाउन सुरुवात राम्रो चाहिँन्छ । तर बेंगलोरको त्यसो हुन सकेन । कोहलीले ठूलो इनिङ खेलेको भए योगफल फरक हुन सक्थ्यो ।
३.जैसवाल र बटलरको सुरुवात

मध्यम योगफलमा रोकिएपछि बेंगलोरलाई जितको लागि पावर प्लेमा उत्कृष्ट बलिङ गर्नु बाहेक अन्य विकल्प थिएन । पावर प्लेमा दुई तीन विकेट लिन सकेको भए दबाब बढ्ने हुँदा बेंगलोरले जित हात पार्न सक्थ्यो । तर बटलर र जैसवालले उत्कृष्ट सुरुवात दिलाए ।
पहिलो ओभरमै जैसवालले मोहम्मद शिराजलाई दुई छक्का र एक चौकासहित १६ रन बटुल्दै बेंगलोरका बलरलाई उल्टै दबाबमा राखे । पाँच ओभरमै ६१ रन जोड्दै जैसवाल र बटलरले जित पक्का बनाएका थिए ।
२. प्रमुख खेलाडीको खराब प्रदर्शन

बेंगलोरको हारको मुख्य कारण प्रमुख ब्याटरको खराब प्रदर्शन हो । बेंगलोरको टोलीमा फाफ डु प्लेसिस, विराट कोहली, ग्लेन म्याक्सेवल र दीनेश कार्तिक ठूला नाम हुन् । तर यी चार ब्याटरनै चल्न सकेनन् ।
कोहली ७, म्याक्सेवल २३, डु प्लेसिस २५ र कार्तिक ६ रनमा आउट भए । प्रमुख ब्याटर नचल्दा कुनैपनि टोलीले ठूलो योगफल बनाउन सक्दैनन् । रजत पाटिदारले बेंगलोरलाई सम्हाल्लेका थिए । राजस्थानको जितमा बटलरले शतक हाने । त्यसैले प्रमुख खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण हुन्छ ।
१. डेथ ओभरमा कमजोर ब्याटिङ

बेंगलोरको हारको मुख्य कारण डेथ ओभरमा रन बनाउन नसक्नु हो । यस सिजनमा बेंगलोरको जित डेथ ओभरमा कार्तिकको प्रदर्शनमा धेरै निर्भर रह्यो । कार्तिकको फिनिसरमा बेंगलोरले जित हात पार्दै आएको थियो । तुलनात्मक रुपमा डेथ ओभरमा अत्याधिक रन बनाउँदै आएको थियो ।
पछिल्लो एलिमिनेटर खेलमा लखनऊविरुद्ध अन्तिम ५ ओभरमा ८४ रन जोडेको थियो । एक समय बेंगलोर १ सय ८० रन माथिको योगफलमा सहजै पुग्न सक्थ्यो । १५ ओभरमा १२३–३ को अवस्थामा थियो । तर बाँकी ३० बलमा ६ विकेट गुमाउँदै मात्र ३४ रन बनायो । त्यहिँ नै हारको कारण बन्यो । अर्कोतर्फ राजस्थानले मोमेन्टम पुरै आफ्नो पक्षमा पार्न सफल भयो ।
टि२० क्रिकेटमा मोमेन्टमले पनि धेरै फरक पार्छ । ब्याटिङको लागि राम्रो अवस्थामा रहेपनि डेथ ओभरमा रन बनाउन नसक्दा मध्यम योगफलमै रोकिएको थियो । जुन योगफल जितको लागि पर्याप्त थिएन ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]