4 years ago
May 29, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । विश्वको सर्वाधिक ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा राजस्थानका कप्तान सञ्जु स्यामसनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेलमा राजस्थानले टोलीमा परिवर्तन गरेको छैन । गुजतराले एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर अल्जारी जोशेफको स्थानमा लोकी फर्गुसनलाई मौका दिएको छ ।
राजस्थान दोस्रो पटक र गुजरात सहभागी पहिलो सिजनमै च्याम्पियन बन्ने सोचमा छन् । गुजरातले पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । राजस्थानले दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको थियो ।
भारतीय अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात पहिलो सिजनमै च्याम्पियन बन्न चाहन्छ । राजस्थान २००८ पछि पहिलो उपाधि जित्ने सोचमा हुनेछ । सञ्जु स्यामसनको कप्तानीमा रहेको राजस्थान दोस्रो पटक फाइनलमा पुगेको हो ।
यस सिजनमा राजस्थान र गुजरातबीच दुई खेल भएका छन् । दुबै खेलमा गुजरात विजयी भएको छ । लिगको खेलमा गुजरातले राजस्थानलाई ३७ रनले पराजित गरेको थियो । पहिलो क्वालिफायरमा अन्तिम ६ बलमा १६ रन चाहिँएको अवस्थामा डेविड मिलरले प्रसिद्ध कृष्णलाई लगातार तीन छक्का प्रहार गर्दै फाइनलमा पुर्याएका थिए ।
गुजरातको प्लेइङ ११ : ऋद्धिमान शाह (विकेटकिपर), शुभमन गिल, म्याथ्यु वेड, हार्दिक पान्ड्या (कप्तान), डेविड मिलर, राहुल टेवाटिया, राशिद खान, रवि श्रीनिवास साई किशोर, यश दयाल, लोकी फर्गुसन र मोहम्मद शामी ।
राजस्थान रोयल्सको प्लेइङ ११ : यशस्वी जैसवाल, जस बटलर, सञ्जु स्यामसन (कप्तानतथा विकेटकिपर), देवदत्त पाडिक्कल, रविचन्द्रन आश्विन, शिम्रन हेटमायर, रियान पराग, युजभेन्द्र चहल, ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र ओबेद म्याकोय ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]