default_image

4 years ago

May 29, 2022

हार्दिकको उत्कृष्ट बलिङमा गुजरातलाई च्याम्पियन बन्न सामान्य लक्ष्य

256 views

0 Bookmark

एजेन्सी – कप्तान हार्दिक पान्ड्याको उत्कृष्ट बलिङको सहयोगमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा गुजरात टाइटन्सलाई १ सय ३१ रनको सामान्य लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३० रन बनायो ।

राजस्थानका ओपनर जस बटलरले ३५ बलमा ५ चौकासहित सर्वाधिक ३९ रन बनाए । राजस्थानलाई ओपनर यशस्वी जैसवाल र जस बटलरले पहिलो विकेटका लागि ४ ओभरमा ३१ रनको साझेदारी गरेका थिए । जैसवाल यश दयालको बलमा डीप स्क्वायर लेगमा साई किशोरबाट क्याच हुनुअघि १६ बलमा १ चौका र २ छक्कासहित २२ रन बनाए ।

हार्दिक पान्ड्याको नवौं ओभरको दोस्रो बलमा कप्तान सञ्जु स्यामसन एज लागेर थर्डम्यानमा किशोरबाट १४ रनमै आउट भए । सञ्जुको विकेट नै गुजरातको लागि टर्निङ प्वाइन्ट बन्यो । राशिद खानको १२ औं ओभरको पाँचौं बलमा देवदत्त पाडिक्कल १० बल खेल्दै दुई रनमा आउट भए ।

हार्दिकको १३ औं ओभरको पहिलो बलमा जस बटलर आउट साइड एज लागेर ऋद्धिमान शाहबाट क्याच भएपछि राजस्थान समस्यामा परेको थियो । शिम्रन हेटमायर ११, रविचन्द्रन आश्विन ६ र ट्रेन्ट बोल्ट ११ रनमा आउट भए । रियान पराग १५ रनमा आउट भए ।

गुजरातका कप्तान हार्दिक पान्ड्याले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । स्पिनर रविश्रिनिवास साइ किशोरले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । मोहम्मद शामी, राशिद खान र यश दयालले १–१ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.