default_image

4 years ago

June 3, 2022

जस ‘द बोस’

175 views

0 Bookmark

इंग्ल्यान्डका विकेटकिपर ब्याटर जस बटलरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा राजस्थान रोयल्सबाट सानदार ब्याटिङ गरे । राजस्थान आइतबार फाइनलमा गुजरात टाइटन्ससँग ७ विकेटले पराजित भएपनि बटलरले प्रतियोगिताभर दमदार ब्याटिङका साथ व्यक्तिगत अवार्डमा एकछत्र राज गरे ।

आइपिएल मात्र होईन वर्तमान टि२० क्रिकेटका बटलर विश्व क्रिकेटका एक उत्कृष्ट विकेटकिपर ओपनर हुन् । इंग्ल्यान्डका प्रमुख रोजाईका उनले अन्तर्राष्ट्रिय क्रिकेटमा तीनै शैलीमा राम्रो प्रभाव छाडेका छन् । पछिल्लो समय टि२० क्रिकेटमा झनै उत्कृष्ट प्रदर्शन गरेका छन् । बटलरको विश्व क्रिकेटमा विष्फोटक ब्याटरको पहिचान छ ।

बटलरले यस वर्ष आइपिएलमा १७ खेलमा ४ शतक र ४ अर्धशतकसहित कुल ८ सय ६३ रनका साथ शीर्षस्थानमा रहे । उनले सुपर स्ट्राइकर्स बाहेक ब्याटिङतर्फ सबै व्यक्तिगत अवार्ड जिते । मष्ट भ्यालुएबल प्लेयर, ओरेन्ज क्याप, रुपे ओन द गो फोर अफ द सिजन, ड्रिम गेम चेन्जर अफ द सिजन, पावर प्लेअफ द सिजन र सिक्स अफ द सिजनको अवार्ड प्राप्त गरे ।

बटलरको सानदार प्रदर्शनको सहयोगमा राजस्थानले २००८ पछि पहिलो पटक फाइनल यात्रा तय गर्यो । राजस्थान उनकै ब्याटिङमा धेरै निर्भर रह्यो । सुरुमै बटलरले पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सविरुद्ध ६८ बलमा ११ चौका र ५ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए । सुरुवाती समय बटलरले ३३ बलमा ५२ रन जोडेका थिए ।

त्यसपछि आफ्नो खेल्नै शैली बदल्दै मौलिक ब्याटिङ गरे । यो प्रतियोगिता भर उनको ब्याटिङ शैली त्यहि गतिमा अघि बढ्यो । बटलर सफल हुनुमा सुरुवाती संयमित हुँदै अवसरमा आक्रामक ब्याटिङ गर्नु हो । तेस्रो खेलमा उनले बेंगलोरविरुद्ध ४७ बलमा ६ छक्कासहित ७० रनको अविजित इनिङ खेलेका थिए । बटलर आइपिएल इतिहासमा सुरुवाती देखि अन्तिम समय सम्म खेलेर पनि चौका प्रहार नगर्ने पहिलो खेलाडी थिए ।

बटलरले कोलकाताविरुद्ध ६१ बलमा ९ चौका र ५ छक्कासहित १ सय ३ रनको शतकीय इनिङ खेले । उनी त्यतिमै रोकिएनन् । लगत्तै अर्को खेलमा दिल्ली क्यापिटल्सविरुद्ध बटलरले ६५ बलमा ९ चौका र ९ छक्कासहित १ सय १६ रनको इनिङ खेले । जुन बटलरको यस सिजनको तेस्रो र लगातार दोस्रो शतक थियो । उनको ब्याटिङले विश्वका चर्चित बलर जस्प्रित बुमराह, प्याट कमिन्स, एनरिच नोर्किया जस्ता बलर निराश बनि सकेका थिए ।

बटलरले तीन शतकपछि आइपिएल इतिहासमा एकै सिजनमा १ हजार रन पूरा गर्ने पहिलो खेलाडी बन्ने अनुमान गरिएको थियो । कतिपय क्रिकेट विज्ञ उनले सन् २०१६ मा रोयल च्यालेन्जर्स बेंगलोरका विराट कोहलीले चार शतक सहित ९ सय ७३ रन बनाएको कीर्तिमान यस वर्ष तोड्ने विश्लेषण समेत गरेका थिए । तर त्यसपछि लयमा ओरालो लाग्यो ।

बेंगलोरविरुद्ध ८, मुम्बईसँग ६७, कोलकातासँग २२ र पन्जाबसँग ३० रनमा आउट भए । दिल्लीसँग ७, लखनऊ र चेन्नईसँग २–२ रनमा आउट भएपछि कोहलीको कीर्तिमान ब्रेक गर्ने सम्भावना आकाशिएको थियो । तर महत्पूर्ण र दबाबको क्वालिफायर खेलमा बटलर पुन नायक बने ।

गुजरातविरुद्ध पहिलो क्वालिफायरमा बटलरले ५६ बलमा १२ चौका र २ छक्कासहित ८९ रनको इनिङ खेले । राजस्थान १४ रनले पराजित हुँदा दोस्रो क्वालिफायर खेल्नु पर्यो । दोस्रो क्वालिफायरमा बटलरले बेंगलोरविरुद्ध ६० बलमा १० चौका र ६ छक्कासहित १ सय ६ रनको शतकीय इनिङका राजस्थानको १४ वर्ष देखिको फाइनल पुग्ने सपना पूरा गरे । उनी एकै सिजनमा चार शतक प्रहार गर्ने कोहलीपछि दोस्रो खेलाडी हुन् ।

बटलरले अन्य ब्याटरबाट राम्रो साथ नपाउँदा केहि संघर्ष गर्नु पर्यो । त्यसैको कारण सुरुवात देखि नै खुलेर खेल्न सकेनन् । उनकै उत्कृष्ट ब्याटिङ गरेपनि अन्य खेलाडी नचल्दा उपाधि कठिन बन्यो । यो सिजनमा राजस्थान बटलरको ब्याटिङमा धेरै निर्भर रह्यो । सञ्जु स्यामसन र शिम्रन हेटमायर जस्ता चर्चित ब्याटर रहेपनि साथ पाउन सकेनन् । फाइनलमा बटलर ३९ रनमा आउट भए । त्यसैको कारण राजस्थान १ सय ३० रनमै समेटिएको थियो ।

बटलर आइपिएलमा कोहलीपछि सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनीअघि सन् २०१६ मा डेविड वार्नरले २०१६ मा ८ सय ४८ रन बनाएका थिए । निडर स्वभावका बटलरको ब्याटिङमा क्लास, धैर्यता, आक्रामक, चलाख र चतुर लगायत सबै गुण देखिएको थियो । बटलर ब्यक्तिगत रुपमा सफल भए । तर टोलीलाई उपाधि जिताउन नपाउँदा त्यतिनै दुख ।

‘आज भन्दा अघि मैले सबै अपेक्षाहरु पार गरे । हामीले वास्तवमा चाहेको ट्रफी थियो । त्यसबाट निराश छु’, बटलरले भने ।

आइपिएल खेल्न आउनु अघि भने बटलरले यस किसिमको प्रदर्शनको अपेक्षा भने गरेका थिएनन् । ‘म धेरै कम अपेक्षाहरूका साथ सिजनमा आएको हुँ । तर धेरै ऊर्जा र उत्साहका साथ यस्तो उत्कृष्ट टोलीका साथ सिजन बिताउनु र फाइनल पुग्नु अविश्वसनिय छ’, बटलरले दोस्रो क्वालिफायरमा बेंगलोरविरुद्ध शतकपछि भने । बटलर दबाबको कारण प्रदर्शनमा उताड चडाब आएको बताउँछन् ।

‘मसँग दुई हाफको प्रतियोगिता थियो । मैले मेरो नजिकका कुमार संगाकारा र ट्रभर पेनीसँग इमानदार भएर सबै कुराकानी गरे । मैले अलिकति दबाब महसुस गरेको थिए । विचलित हुँदै थिए । मैले यसलाई दबाउन खोजेको थिए । तर कोलकाता गएपछि मलाई धेरै राम्रो भयो र त्यो इनिङले बल दियो’, उनले भने ।

गत नोभेम्बरमा टि२० विश्वकपमा बटलरले श्रीलंकाविरुद्ध ६७ बलमा ६ चौका र ६ चौकासहित १ सय १ रनको शतकीय इनिङ खेले । बटलरको शतकमा इंग्ल्यान्डले ४ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । ११ ओभरमा इंग्ल्यान्डले ५९–३ को अवस्थामा थियो । बटलर ३५ बलमा ३४ रन बनाएका थिए । इंग्ल्यान्ड २६ रनले विजयी हुँदै सेमिफाइनलमा पुगेको थियो ।

बटलरको प्रदर्शनमा जिम्मेवारी बढी पाइन्छ । जुन आक्रामक शैलीका ब्याटरमा निकै कम पाइन्छ । जुन सफलताको अर्को राज हो । बटलरले २०१२ देखि इंग्ल्यान्डको टोलीमा खेल्दै आएका छन् । सिमित ओभरको क्रिकेटमा बटलर पहिलो रोजाईका खेलाडी हुन् । ओईन मोर्गन पछि सिमित ओभरका कप्तानका प्रमुख दाबेदार खेलाडी हुन् । उनले उपकप्तानको भूमिका निर्वाह गर्दै आएका छन् ।

इंग्ल्यान्डले सन् २०१५ को एकदिवसिय विश्वकपमा निराजनक प्रदर्शनपनि विश्व क्रिकेटमै आक्रामक ब्याटिङमा उदाहरणीय परिवर्तन गर्यो । विश्वकै उत्कृष्ट विष्फोटक टोली बन्यो । बटलर प्रमुख सदस्य थिए ।

बटलरको उच्च प्रदर्शनको सहयोगमा नै सन् २०१९ मा इंग्ल्यान्डले पहिलो पटक एकदिवसिय विश्वकप जित्यो । सुपर ओभरमा न्युजिल्यान्डलाई जितको लागि दुई रन चाहिँएको अवस्थामा बटलरले मार्टिन गुप्टिललाई दोस्रो रन लिनेक्रममा उत्कृष्ट रन आउटका साथ बाउन्ड्री काउन्टको आधारमा इंग्ल्यान्डलाई च्याम्पियन बनाएका थिए । बटलरको जुन करिअरको उत्कृष्ट क्षण थियो ।

राजस्थानका निर्देशक तथा श्रीलंका पूर्व महान् क्रिकेटर कुमार संगाकारा आइपिएल इतिहासमा बटलर जस्तो उत्कृष्ट प्रदर्शन आफूलाई याद नभएको बताउँछन् । ‘मलाई उनको भन्दा उत्कृष्ट ब्याटिङ प्रदर्शन आइपिएलमा याद छैन । उनीसँग सबै स्ट्रोकहरु (सट) छन्’, संगाकाराले बेंगलोरविरुद्ध शतकपछि भने ।

बटलरले २०१६ मा मुम्बईबाट राइजिङ पुणे सुपर जायन्ट्सविरुद्ध डेब्यू गरेका थिए । बटलर २०१८ देखि राजस्थानबाट खेल्दै आएका छन् । प्रदर्शन यसअघि अपेक्षा अनुसार भने थिएन । २०१८ मा बटलरले १३ खेलमा ५ सय ४८ रन बनाएका थिए । यस सिजनमा भने राजस्थानले बटलरलाई १० करोड भारुमा रिटेन गरेको थियो । इंग्ल्यान्डकै बेन स्टोक्स र जोफ्रा आर्चरले भने राजस्थान यसै सिजन देखि छाडेका थिए ।

बटलरले यो लय इंग्ल्यान्ड आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा चाहन्छ । बटलरले जब उत्कृष्ट प्रदर्शन गर्दछन् तव विश्व क्रिकेटमा उनलाई जस द बोस भन्ने गर्दछन् । साँच्चै यस सिजनको आइपिएलमा बटलरले जस द बोस शैली कै ब्याटिङ गरे । जुन प्रदर्शन आइपिएल इतिहासमा सधैं स्मरण रहनेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.