default_image

2 years ago

June 2, 2022

अमेरिकाले युएईलाई हरायो

एजेन्सी – घरेलु टोली अमेरिकाले आइसिसी विश्वकप लिग–२ मा युएईलाई ४ विकेटले पराजित गरेको छ । अमेरिका, स्कटल्यान्ड र युएईबीच भई रहेको त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकाले दुई महत्वपूर्ण अंक बटुलेको हो । जितको लागि २ सय ४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४४.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाको जितमा […]

153 views

0 Bookmark

एजेन्सी – घरेलु टोली अमेरिकाले आइसिसी विश्वकप लिग–२ मा युएईलाई ४ विकेटले पराजित गरेको छ । अमेरिका, स्कटल्यान्ड र युएईबीच भई रहेको त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकाले दुई महत्वपूर्ण अंक बटुलेको हो ।

जितको लागि २ सय ४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४४.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाको जितमा सुशान्त मोदानीले १ सय २ बलमा ६ चौकासहित ७० रन जोड्दै प्लेयर अफ द म्याच चुनिए । कप्तान मोनाक पटेल ४९, गजानन्द सिंह २९ र स्टिभन टेलरले १४ रन बनाए ।

युएईका कप्तान अहमद राजाले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । बासिल हामिद, अकिफ राजा र राहुल भाटियाले १–१ विकेट लिए । त्यसअघि मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । युएईका सिपी रिजवानले ९३ बलमा ५ चौकासहित ६७ रनको इनिङ खेले । चिराग सुरी २३, वृत्य अरविन्द १९ र बासिल हामिद ३२ रनमा आउट भए । कासिफ दाउद र राहुल भाटियाले २४–२४ रन बनाए ।

अमेरिका अलि खान र क्यामरन स्टिभन्सनले २–२ विकेट लिए । अमेरिकाले शनिबार युएईसँगनै खेल्नेछ । यो सिरिजपछि नेपाल, अमेरिका र ओमानबीच त्रिकोणात्मक ओडिआई सिरिज सुरुहुनेछ । नेपाल अमेरिका पुगि सकेको छ ।

अमेरिका १९ खेलमा ९ मा जित र १० मा हार सहित चौथो स्थानमा छ । युएई २० खेलमा १० मा जित र ८ मा हार सहित तेस्रो स्थानमा छ । नेपाल १२ खेलमा ६ मा जित र ६ मा हार सहित छैटौं स्थानमा छ ।

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई पुनः विशाल लक्ष्य पेश 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ […]

Success

Thank you for your time.