default_image

12 months ago

May 2, 2024

इटहरीमा ओलम्पियन र खेलाडीको पैदल यात्रा

312 views

0 Bookmark

हिमाल खरेल,इटहरी
तेस्रो ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत सुनसरीको इटहरीमा वाकाथन (पैदल यात्रा) सँगै स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन गराउने कार्यक्रमको सुरुवात कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार मन्त्री खत्रीले गरेका थिए ।

आज बिहीबार बिहान सुनसरीको इटहरीस्थित रंगशालाबाट सुरु भएको वाकाथन इटहरी चोक हुँदै दुर्गा पार्टी प्यालेसमा पुगेर टुंगिएको थियो ।

वाकाथनमा सहभागी ओलम्यिन्स, कोशी प्रदेशका सेलिब्रेटी खेलाडी र अन्य खेलाडीहरुलाई इटहरी उपमहानगरपालिकाले त्यहाँ स्वागत सम्मान गरेको हो ।

वाकाथनमा ओलम्यिन्स, सिंगापुर, मलेसिया, बेलायत र अस्ट्रियाका गरि ६ अन्तर्राष्ट्रिय ओलम्पियन र कोशी प्रदेशका सेलिब्रेटी खेलाडहरुसँगै मन्त्री खत्री, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नगर उपप्रमुख संगीता चौधरी तथा स्थानीय प्रशासनका प्रमुख र खेलाडीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले खेलकुदबाटै पर्यटनमा टेवा पु¥याउने उद्देश्यले आयोजना भएको कार्यक्रममा खेलाडीहरु सहभागी भएकोमा स्वागत गर्दै धन्यवाद दिए ।

बोर्डले खेलकुद पर्यटनलाई उजागर गर्नेगरी पहिलोपटक एकैठाउँ धेरै खेलाडीलाई प्रदेशमा ल्याएको उनको भनाइ छ । उनीहरूलाई भित्र्याउँदा यहाँका खेलप्रेमीलाई समेत पुराना तथा नयाँ खेलाडीलाई नजिकबाट चिन्ने र बुझ्ने अवसर प्राप्त हुने वाग्लेले बताए ।

कार्यक्रममा मन्त्री खत्रीले खेलकुदका मध्यमबाट देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकिने भएकाले प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, नगर उपप्रमुख चौधरीले स्थानीय सरकारले पनि खेलकुदलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन ग्रासरुटबाटै काम गरिरहेको उल्लेख गर्दै त्यसका लागि बजेटमा प्राथमिकता दिने बताइन् ।

कार्यक्रम इटहरी, बिर्तामोड हुँदै इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तु र कन्याममा पुगेर सम्पन्न हुनेछ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा कार्यक्रम भएको हो ।

पुनर्मिलन कार्यक्रममा ६० जना ओलम्पियन खेलाडी र २५ जना प्रदेशभित्रका चर्चित खेलाडीको सहभागिता रहेको छ ।

चार दिने भ्रमणका क्रममा खेलाडीलाई मोरङ, सुनसरी, झापा र इलाम जिल्लामा पर्यटन र खेल प्रवर्धनमा जोड मिल्नेगरी अघि बढाइनेछ । खेल पर्यटनसँगै श्रीअन्तु पर्यटकीय क्षेत्रलाई समेत पुनर्मिलन भ्रमण कार्यक्रमले थप उजागर गर्ने बताइएको छ ।

नेपालका सन् १९६४ सालमा पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका खेलाडीदेखि हालसम्मका ओलम्पियन, ओलम्पिक एसोसिएसनका अध्यक्ष तथा पदाधिकारी, खेलाडी लगायत खेलाडी सहभागी छन् । कार्यक्रममा करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

April 5, 2025

त्रिशुली अल्ट्रा रेस – सुनसरी र होमलाललाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेस‌को महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]

April 3, 2025

नेपाली खेलाडीले पारा विश्व पौडी सिरिज खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- पारा विश्व पौडी सिरिजमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जापानको फुजी सिजुकामा चैत २५ देखि ३० गतेसम्महुने प्रतियोगितामा १ महिला र १ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा हर्कमान घर्तीले ४ तथा महिलामा समना गैरेले २ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । हर्कले १ सय मिटर फ्रिस्टायल, […]

March 23, 2025

एरिकाको उपनाम ‘हिमालयन वारियर’

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गरुङलाई ‘हिमालयन वारियर’ उपनाम दिइएको छ। नेपाल कराते महासंघको आइतबार बाराको निजगढमा भएको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिएको हो । गत वर्ष चीनमा आयोजना भएको १९ औं एसियाडमा एतिहासिक रजत पदक जितेकी एरिकाले यो वर्ष चीनमै भएको एसियन च्याम्पियन्सिपमा रजत पदक प्राप्त […]

Success

Thank you for your time.