default_image

4 years ago

June 2, 2022

जसले एक खेल नखेली लगातार दुई आइपिएल जिते

248 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टि२० क्रिकेट प्रतियोगिता हो । आइपिएल खेल्ने धेरै स्टार खेलाडीको सपना हुन्छ । आइपिएलमा पाउने नाम र दामले गर्दा खेलाडीहरु आइपिएल खेल्न चाहन्छन् । धेरै खेलाडीहरुको सपना आफ्नो उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई च्याम्पियन बनाउने हुन्छ । जुन सपना कमैले मात्र पूरा गर्न पाउँछन् ।

वेस्टइन्डिजका बायाँ हाते तीव्र गतिका बलर डोमिनिक ड्रेक्स भने २०२१ र २०२२ आइपिएलमा एकपनि खेल नखेली च्याम्पियन खेलाडी बन्न पुगे । २०२१ मा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चौथो आइपिएल उपाधि जितेको थियो ।

उक्त सिजनमा उनले एक खेल पनि खेल्ने मौका पाएनन् । लिगको अन्तिम समयतिर इंग्ल्यान्डका बायाँ हाते अलराउन्डर साम करण ब्याक इन्जुरीको कारण बाहिरिएपछि चेन्नईले ड्रेक्सलाई भित्र्याएको थियो । चेन्नईसँग तीव्र गतिका बलरमा जोश हेजलवुड र मध्यगतिमा ड्वेन ब्राभो हुँदा टोलीमा स्थान बनाउन सकेनन् । चेन्नईले ब्राभो, मोईन अली, हेजलवुड र फाफ डु प्लेसिसलाई पहिलो रोजाईमा मैदान उतारेको थियो ।


२०२२ मा गुजरात टाइटन्स च्याम्पियन बन्दा उनी टोलीमा थिए । हार्दिक पान्ड्याको अलराउन्ड प्रदर्शनमा फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात च्याम्पियन बनेको थियो । ड्रेक्सले दुई उपाधि लगातार दुई फरक टोलीमा रहँदै जिते । तर एकखेल पनि खेल्ने मौका पाएनन् ।

यस सिजनमा गुजरातले १ करोड १० लाख भारुमा किनेको थियो । अक्सनमा न्यूनतम मूल्य ७५ लाख भारु राखेपनि रोयल च्यालेन्जर्स बेंगलोरले रुचि देखाएपछि गुजरातले करोडको मूल्य तिर्नु परेको थियो ।

गुजरातले तीव्र गतिका बलरमा अल्जारी जोशेफ र लोकी फर्गुसन मध्य एकलाई खेलाउँदै आएको थियो । अन्य तीन विदेशी खेलाडीमा राशिद खान, डेविड मिलर र म्याथ्यु वेड थिए । त्यसैले मौका पाएनन् । ड्रेक्सले तल्लोक्रममा हिटिङको क्षमता पनि राख्ने गर्दछन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.