4 years ago
June 4, 2022
ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालका कार्यवाहक कप्तान रोहित पौडेलले दोस्रो एकदिवसिय अभ्यास खेलमा ह्युस्टन हरिकेन्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा टसमा हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ३० रन बनाएको छ ।

नेपालका कप्तान रोहित पौडेल ४८ बलमा ३ चौका र २ छक्कासहित ५६ रनमा अविजित छन् । कमजोर सुरुवात गरेको नेपाललाई चौथो विकेटका लागि रोहित र दीपेन्द्रसिंह ऐरीले ६० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । दीपेन्द्र स्पिनर हरमित सिंहको बलमा विकेटकिपर उस्मान वाफिकबाट २४ रनमा क्याच आउट भए । दीपेन्द्रले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
नेपाली अल स्टार्ससँग रोयल डक आउट भएका ओपनर कुशल भर्तुेल हरिकेन्सविरुद्ध ८ बल खेल्दै १ रनमा क्याच भए । कुशल तीव्र गतिका बलर हसन राशिदको दोस्रो ओभरको चौथो बलमा रमिज राजा जेआरबाट क्याच भए । दोस्रो विकेटका लागि देव खनाल र सुनिल धमलाले ३४ रनको साझेदारी गरे ।

धमला मोहम्मद इलायसको नवौं ओभरको तेस्रो बलमा धमला एज लागेर विकेटकिपर उस्मान राफिकबाट क्याच भए । धमलाले १६ बलमा १ चौकासहित १३ रन जोडे । यसै ओभरको अन्तिम बलमा कभर डाइभ सट खेल्न खोजेका देव खनाल फस्ट स्लिपमा राजाबाट १९ रनमा क्याच भए । ३१ बल खेलेका देवले ४ चौका प्रहार गरे ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]