default_image

4 years ago

June 5, 2022

कप्तान रोहितको सानदार शतक

397 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालका कार्यवाहक कप्तान रोहित पौडेलले दोस्रो एकदिवसिय अभ्यास खेलमा ह्युस्टन हरिकेन्सविरुद्ध सानदार शतक प्रहार गरेका छन् । प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा टसमा हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३९ ओभरमा ५ विकेट गुमाउँदै २ सय ८ रन बनाएको छ ।


नेपालका कप्तान रोहित पौडेलले ९० बलमा ५ चौका र ४ छक्कासहित १ सय १ रनमा रन आउट भए । कमजोर सुरुवात गरेको नेपाललाई रोहितले सानदार शतकका साथ विशाल योगफलको आधार तय गरेका छन् । रोहितले ८९ बलमा शतक प्रहार गरेका थिए ।

आरिफ शेख र रोहित पौडेलले पाँचौं विकेटका लागि १ सय ८ रनको महत्वपूर्ण शतकीय साझेदारी गरे । आरिफ ५५ बलमा २ चौकासहित ३३ रनमा अविजित छन् । नेपाली अल स्टार्ससँग रोयल डक आउट भएका ओपनर कुशल भर्तुेल हरिकेन्सविरुद्ध ८ बल खेल्दै १ रनमा क्याच भए । कुशल तीव्र गतिका बलर हसन राशिदको दोस्रो ओभरको चौथो बलमा रमिज राजा जेआरबाट क्याच भए ।


दोस्रो विकेटका लागि देव खनाल र सुनिल धमलाले ३४ रनको साझेदारी गरे । धमला मोहम्मद इलायसको नवौं ओभरको तेस्रो बलमा धमला एज लागेर विकेटकिपर उस्मान राफिकबाट क्याच भए । धमलाले १६ बलमा १ चौकासहित १३ रन जोडे । यसै ओभरको अन्तिम बलमा कभर डाइभ सट खेल्न खोजेका देव खनाल फस्ट स्लिपमा राजाबाट १९ रनमा क्याच भए । ३१ बल खेलेका देवले ४ चौका प्रहार गरे ।

कमजोर सुरुवात गरेको नेपाललाई चौथो विकेटका लागि रोहित र दीपेन्द्रसिंह ऐरीले ६० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । दीपेन्द्र स्पिनर हरमित सिंहको बलमा विकेटकिपर उस्मान वाफिकबाट २४ रनमा क्याच आउट भए । दीपेन्द्रले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.