default_image

2 years ago

June 9, 2022

नेपालको सम्भावित प्लेइङ–११

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ९ : १५ मा ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपाललाई अमेरिका भ्रमणमा सबै खेलमा जित्नु पर्ने दबाब छ । १२ खेलमा ६ मा जित र ६ मा हार सहित छैटौं स्थानमा रहेको […]

117 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ९ : १५ मा ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

नेपाललाई अमेरिका भ्रमणमा सबै खेलमा जित्नु पर्ने दबाब छ । १२ खेलमा ६ मा जित र ६ मा हार सहित छैटौं स्थानमा रहेको नेपाललाई शीर्ष तीनमा पर्दै आगमी वर्ष हुने एकदिवसिय विश्वकप छनोटमा सिधैं स्थान बनाउन बाँकी खेलमा जित्नु पर्ने दबाब छ ।

तर अमेरिका भ्रमणमा नेपाललाई सुरुवाती समय भने झड्का लागेको छ । नेपालका पहिलो रोजाईका ओपनर आसिफ शेख र कुशल भुर्तेल चोटका कारण आजको खेलमा उपलब्ध हुने छैनन् । त्यसै ले नेपालले ओपनरमा सुवास खकुरेल र सुनिल धमलालाई ओपनरको रुपमा मैदान उतार्ने देखिन्छ ।

धमला २०१७ र सुवास २०२० पछि नेपाली टोलीमा फर्किएका हुन् । धमला एकदिवसियका खेलाडी मानिन्छन् । धमला आजको खेलमा ओडिआईमा डेब्यू गर्ने सम्भावना छ । अघिल्लो महिना जिम्बावे ए सँगको सिरिजमा राम्रो प्रदर्शन गरेपछि टोलीमा फर्किएका थिए । सुवासले भने कुशल र आसिफ दुबै घाइते भएपछि मौका पाएका हुन् ।

दुबै ओपनर एकदिवसिय खेलाडी मानिन्छन् । तर आफ्नो स्ट्राइकरेटमा पनि ध्यानदिनुपर्ने हुन्छ । तेस्रो नम्बरमा देव खनाललाई नेपालले मैदान उतार्नेछ । युवा ब्याटर देवलाई ठूलो इनिङको दबाब रहनेछ । तर अमेरिकामा अभ्यास खेलमा देवले रन बनाउन संघर्ष गरेका थिए । जसक्रममा स्ट्राइकरेट कमजोर थियो ।

चौथो र पाँचौं नम्बरमा प्रमुख दुई ब्याटर दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल रहनेछन् । यी दुई नेपालका ब्याटिङका खम्बा हुन् । उच्च लयमा रहेका यी दुई खेलाडीको उच्च प्रदर्शन विना जित कठिन देखिन्छ । रोहितले दुई महिना अघि पपुवा न्युगिनीविरुद्ध नेपाली ओडिआई इतिहासकै सर्वाधिक १ सय २६ रनको शतकीय इनिङ खेलेका थिए ।

दोस्रो खेलमा पपुवा न्युगिनीविरुद्ध दीपेन्द्रले १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए । दीपेन्द्रले टि२० आईमा मलेसियाविरुद्ध १ सय १० रनको इनिङ खेलेका थिए । उच्च लयमा रहेका यी दुई युवा ब्याटरबाट उत्कृष्ट प्रदर्शन विना विशाल योगफल बनाउन वा पूरा गर्न भने नेपाललाई कठिन पर्ने देखिन्छ ।

यी दुई खेलाडीको साझेदारी र रनिङ विट विन द विकेट पनि उत्कृष्ट छ । नेपालले आरिफ शेखलाई अलराउन्डरको रुपमा मैदान उतार्नेछ । छैटौं र सातौं नम्बरमा आरिफ र विनोद भण्डारीको सम्भावना छ । नेपालको टोली ब्याटिङमा मजबुत हुने देखिन्छ ।

नेपालको ब्याटिङमा गहिराई हुनेछ । आठौं नम्बरमा सोमपाल कामी र नवौं नम्बरमा करण केसी हुनेछन् । करण विष्फोटक ब्याटर हुन् । सोमपाल ठूलो इनिङ खेल्न सक्छन् । नेपालले आजको खेलमा स्पिनर सन्दीप लामिछाने र सुशान भारीलाई मैदान उतार्ने छ ।

सन्दीप प्रमुख बलर हुन् । सुशान अर्का स्पिनर सागर भन्दा अनुभवी मानिन्छन् । सुशानलाई खेलाउँदा बायाँ हाते रणनीतिमा प्रयोग गर्नेछ । नेपालले आरिफ र दीपेन्द्रलाई पाँचौं बलरको रुपमा प्रयोग गर्ने देखिन्छ । दीपेन्द्रले बलिङमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

नेपालको बलिङमा ६ विकल्प हुनेछ । ब्याटिङमा नौ नम्बर सम्म भरपर्दा खेलाडी हुने देखिन्छ । नेपालको प्लेइङ ११ ब्याटिङ हाबी हुँदा बलिङमा सन्तुलित मैदान उताने सम्भावना देखिन्छ ।

नेपालको सम्भावित प्लेइङ ११ :

सुवास खकुरेल, सुनिल धमला, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र सुशान भारी ।

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

April 28, 2024

नेपाललाई वेस्ट इन्डिज ‘ए’ को मध्यम लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टि२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १ सय ६१ रनको लक्ष्य पेश गरेको छ ।  वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित […]

April 28, 2024

वेस्ट इन्डिज ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिज ए बीच दोस्रो टि२० खेल आज हुँदैछ । वेस्ट इन्डिजले टस जितेर पहिलो ब्याटिङ गर्दैछ । नेपालले पहिलो फिल्ड गर्नेछ । नेपाली टोलीले पहिलो खेलबाट ५ परिवर्तन गरेको छ । लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकालले आज खेल्दैछन् । […]

Success

Thank you for your time.