2 years ago
June 24, 2022
एजेन्सी – तीव्र गतिकी बलर अश्मिना कर्माचार्यको पाँच विकेटमा युएईले एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा नेपाललाई ८२ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ रनमा अल आउट भयो ।युएईकी वैष्णवे महेश ११ बलमा एक चौका सहित सर्वाधिक १६ रन र ओपनर […]
एजेन्सी – तीव्र गतिकी बलर अश्मिना कर्माचार्यको पाँच विकेटमा युएईले एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा नेपाललाई ८२ रनको सामान्य लक्ष्य दिएको छ ।
मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ रनमा अल आउट भयो ।युएईकी वैष्णवे महेश ११ बलमा एक चौका सहित सर्वाधिक १६ रन र ओपनर ईशा रोहित ओझाले २१ बलमा २ चौकासहित १५ रन बनाइन् ।
पहिलो विकेटका लागि ओपनर ईशा र थीर्थ सतिशले पहिलो विकेटका लागि ३.१ ओभरमा १५ रनको साझेदारी गरेका थिए । सतिशलाई तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले ५ रनमा बोल्ड आउट गरिन् । उनले ८ बलमा १ चौका प्रहार गरिन् । त्यसअघि दोस्रो ओभरको अन्तिम बलमा नेपाल सतिशलाई रन आउट गर्ने अवसर गुमाएको थियो ।
अश्मिनाको नै छैटौं ओभरको पाँचौं बलमा ईशा ओजा १५ रनमा कभरमा संगिता राईबाट क्याच आउट भइन् । अघिल्लो खेलमा ईशाले कतारविरुद्ध १ सय १५ रनको शतकीय इनिङ खेलेकी थिइन् । सीता रााना मगरले सातौं ओभरको तेस्रो बलमा काविशा एगोडागेलाई तीन रनमा एलबीडब्लू आउट गर्दै राम्रो सुरुवात दिलाएकी थिइन् ।
त्यसपछि मध्यगतिकी बलर इन्दुले तीन विकेट लिँदै युएईलाई सस्तैमा रोकिन् । इन्दुले १२ औं ओभरको दोस्रो बलमा खुसी शर्मालाई १२ रनमा अश्मिनाबाट क्याच गराइन् । १४ औं ओभरको अन्तिम बलमा कप्तान चया मुघललाई १४ रनमा संगिताबाट क्याच गराउँदै युएईलाई ५३–५ को अवस्थामा पुयाइन् ।
इन्दुले नै १६ औं ओभरको पाँचौं बलमा समिरा धर्निधर्काकालाई ७ रनमा एलबीडब्लू आउट गरेकी थिइन् ।
नेपालकी अश्मिना कर्माचार्यले ३.५ ओभरमा १० रन खर्चेर ५ विकेट लिइन् । उनी अञ्जली चन्द र नेरी थापापछि पाँच विकेट लिने तेस्रो नेपाली महिला खेलाडी हुन् । इन्दु बर्माले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिइन् । सीता रानामगरले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् ।
April 26, 2024
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]
April 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]
April 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विहीबार घोषणा भएको १६ सदस्यीय टोलीमा नेपाल ‘ए’ बाट ४ खेलाडी थपिएको जानकारी दिएका हुन् । उक्त सिरिजमा उच्च […]