3 years ago
July 4, 2022
एजेन्सी – भुटानले मलेसियामा जारी चार देश सम्मिलित टि२० आई सिरिजमा माल्दिभ्सलाई ६ रनले हराउँदै ऐतिहासिक जित हात पारेको छ । भुटानको टि२० आई अन्तर्राष्ट्रिय क्रिकेटमा यो पहिलो जित हो ।

जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको माल्दिभ्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४ रन बनायो । माल्दिभ्सका मोहम्मद रिजवानले १२ बलमा ४ चौकासहित सर्वाधिक १९ रन बनाए । अज्यान फहराथले १७, मोहम्मद आजम १५ र अली अलमानले ११ रन बनाए ।
भुटानका नामगे थिन्ले र जिग्मे सिंगेले ३–३ विकेट लिए । त्यसअघि युकेएम एसडी क्रिकेट ग्राउण्ड बांगीमा टस हारेर ब्याटिङ थालेको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १० रन बनायो । भुटानका नामगे र गकुल घलेले १७–१७ रन बनाए ।
नेपालमा एभरेष्ट प्रिमियर लिग इपिएलको चौथो संस्करण ललितपुरबाट खेलेका मिक्यो दोर्जी भने ३ रनमा आउट भए ।
माल्दिभ्सका अज्यान फहराथले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । उमर एडम, अहमद हसन र इब्राहिम रिजवानले दुई दुई विकेट लिए ।
भुटानले खेलेको यो पाँचौं अन्तर्राष्ट्रिय टि२० आई खेल हो । भुटानले २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) डिसेम्बर ५ मा नेपालविरुद्ध टि२० आईमा डेब्यू गरेको थियो ।
चार देश सम्मिलित टि२० आई सिरिजमा मलेसिया ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । माल्दिभ्स दुई खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । भुटान ३ खेलमा २ मा हार र १ मा जितका साथ तेस्रो स्थानमा छ । थाईल्यान्ड २ खेलमा अंक विहीन हुँदै पुछारमा छ । खेल डबल राउन्ड रोबिनको आधारमा हुनेछ । मलेसिया टि२० आई बरियता बढाउन यस सिरिज आयोजना गरेको अनुमान गरिएको छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]