default_image

3 years ago

July 5, 2022

रुट र बेयरस्टोको उत्कृष्ट शतकमा भारतमाथि इंग्ल्यान्डको ऐतिहासिक जित

252 views

0 Bookmark

एजेन्सी – पूर्व कप्तान जो रुट र जोनी बेयरस्टोको सानदार शतकमा इंग्ल्यान्डले पाँचौं टेस्ट खेलमा भारतमाथि ७ विकेटको ऐतिहासिक जित हात पारेको छ । आफ्नो टेस्ट इतिहास कै सर्वाधिक ठूलो लक्ष्य पूरा गर्दै पाँच खेलको सिरिज इंग्ल्यान्डले २–२ को बराबरीमा सकाएको छ ।


जितको लागि ३ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले पाँचौं दिन पहिलो सेसनमा ७६.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गयो । यो इंग्ल्यान्डले टेस्ट क्रिकेटमा पूरा गरेको सर्वाधिक ठूलो योगफल हो । यसअघि इंग्ल्यान्डले २०१९ मा लिड्समा अष्ट्रेलियाविरुद्ध ३ सय ५९ रनको लक्ष्य पूरा गरेको थियो ।

इंग्ल्यान्डका जो रुट १ सय ७३ बलमा १९ चौका र १ छक्का १ सय ४२ रनमा अविजित रहे । रुटको यो टेस्ट करिअरको २८ औंं शतक हो । २०२१ यता रुटको टेस्टमा ११ औं शतक हो । जोनी बेयरस्टो १ सय ४५ बलमा १५ चौका र १ छक्कासहित १ सय १४ रनमा अविजित रहे । बेयरस्टोको यो टेस्ट करिअरको १२ औं शतक हो ।

बेयरस्टोले दुबै इनिङमा शतक प्रहार गरेका हुन् । पहिलो इनिङमा बेयरस्टोले १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए । चौथो विकेटका लागि रुट र बेयरस्टोले ३ सय १६ बलमा २ सय ६९ रनको अविजित साझेदारी गर्दै ऐतिहासिक जित पक्का गरे । इंग्ल्यान्डलाई ओपनर ज्याक क्रली र एलेक्स लिसले २१.४ ओभरमा १ सय ७ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए ।


जस्प्रित बुमराहले क्रलीलाई ४६ रनमा बोल्ड गर्दै साझेदारी तोडे । युवा ब्याटर क्रलीले ७६ बलमा ७ चौका प्रहार गरे । ओली पोप बुमराहको बलमा विकेटकिपर ऋषभ पन्तबाट शून्यमा आउट भए ।

लिस ६५ बलमा ८ चौकासहित ५६ रनमा रन आउट भएका थिए । दुई रन जोड्न तीन विकेट गुमाएपछि इंग्ल्यान्ड राम्रो सुरुवातका बाबजुद १०९–३ को अवस्थामा पुगेको थियो । तर त्यसपछि भारतीय बलर रुट र बेयरस्टो सामू निरही बने । भारतका जस्प्रित बुमराहले दुई विकेट लिए ।

त्यसअघि चौथो दिन दोस्रो सेसनमा भारत २ सय ४५ रनमा अल आउट भयो । पहिलो इनिङमा १ सय ३२ रनले अग्रता लिएको हुँदा समग्रमा ३ सय ७८ रनको लक्ष्य दिएको हो । भारतका विकेटकिपर ऋषभ पन्तले ८६ बलमा ८ चौका सहित ५७ रनको योगदान दिए ।

चेतेश्वर पुजाराले १ सय ६८ बलमा ८ चौकासहित सर्वाधिक ६६ रनको योगदान दिए । यी दुई बाहेक अन्य ब्याटर नचल्दा भारतले विशाल रनको योगफल बनाउने अवसर गुमाएको थियो । ओपनर शुभमन गिल ४, हनुमा विहारी ११ र विराट कोहली २० रनमा आउट भए ।

श्रेयस ऐर १९, रविन्द्र जडेजा २३, शार्दुल ठाकुर ४ र मोहम्मद शामीले १३ रन बनाए । इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले सर्वाधिक चार विकेट लिए । स्टुअर्ट ब्रोड र म्याथ्यु पट्सले २-२ विकेट लिए । जेम्स एन्डरसन र ज्याक लीचले १-१ विकेट लिए ।

त्यसअघि इंग्ल्यान्ड पहिलो इनिङमा २ सय ८४ रनमा अल आउट भयो । इंग्ल्यान्डका जोनी बेयरस्टोले १ सय ४० बलमा १४ चौका र २ छक्कासहित १ सय ६ रनको शतकीय इनिङ खेले । बेयरस्टोको यो टेस्ट करिअरको ११ औं शतक हो ।

जो रुट ६७ बलमा ४ चौकासहित ३१ र साम बलिङ्ग्स ५७ बलमा ४ चौकासहित ३६ रनमा आउट भए । म्याथ्यु पट्स १९, बेन स्टोक्स २५, ओली पोप १० र ज्याक क्रली ९ रनमा आउट भए । भारतका मोहम्मद शिराजले सर्वाधिक चार र जस्प्रित बुमराहले तीन विकेट लिए । मोहम्मद शामीको नाममा दुई विकेट रह्यो ।

त्यसअघि बर्मिङ्घममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत पहिलो इनिङमा ४ सय १६ रनमा अल आउट भयो । भारतका विकेटकिपर ऋषभ पन्तले १ सय ११ बलमा २० चौका र ४ छक्कासहित १ सय ४६ रनको सानदार शतकीय इनिङ खेले । पन्तको यो टेस्ट करिअरको पाँचौं शतक हो ।

एक समय ९८–५ को खराब सुरुवात गरेको भारतलाई छैटौं विकेटका लागि रविन्द्र जडेजा र ऋषभ पन्तले २ सय २२ रनको दोहोरो शतकीय साझेदारी गर्दै बलियो अवस्थामा पुर्याएका थिए । जडेजा १ सय ९४ बलमा १३ चौकासहित १ सय ४ रनमा आउट भए ।

तीव्र गतिका बलर जिमी एन्डरसनले ओपनर सुभमन गिललाई १७ र चेतेश्वर पुजारालाई १३ रनमा ज्याक क्रलीबाट क्याच गराए । हनुमा विहारीलाई युवा तीव्र गतिका बलर म्याथ्यु पट्सले २० रनमा एलबीडब्लू आउट गरे । भारतका प्रमुख ब्याटर विराट कोहली पट्सको बलमा ११ रनमा बोल्ड भएपछि इंग्ल्यान्डले उत्कृष्ट सुरुवात गरेको थियो ।

बुमराह १६ बलमा ४ चौका र २ छक्कासहित ३१ रनमा अविजित रहे । स्टुअर्ट बोर्डको ओभरमा चार लेगवाई सहित बुमराहले एकै ओभरमा ३५ रन जोडेका थिए । जुन टेस्ट क्रिकेटमा एकै ओभरमा बनेको सर्वाधिक धेरै रन हो । इंग्ल्यान्डका जेम्स एन्डरसनले सर्वाधिक पाँच विकेट लिए ।

यस सिरिज गतवर्ष सेप्टेम्बरमा कोरोना कारण स्थगित भएको थियो । पहिलो खेल बराबरी हुँदा दोस्रो खेल भारतले १ सय ५१ रनले जितेको थियो । तेस्रो खेलमा इंग्ल्यान्ड इनिङ अन्तरले ७६ रनले विजयी हुँदा चौथो खेलमा १ सय ५७ रनले पराजित भएको थियो ।

भारत र इंग्ल्यान्डबीच अव तीन ओडिआई र तीन टि२० आई खेलको सिरिज हुनेछ । पहिलो टि२० आई खेल बिहीबार हुनेछ । भारतको रोहित शर्मा र इंग्ल्यान्डको जस बटलरले कप्तानी गर्ने छन् । ओईन मोर्गनले सन्न्यास लिएपछि कप्तान बनेका बटलरको प्रदर्शन र कप्तानी निकै महत्वपूर्ण हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.