default_image

2 years ago

July 5, 2022

सन्दीपले लंका प्रिमियर लिगमा ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिग ( एलपिएल) ५० लाख नेपाली रुपैयाँमा डम्बुल्ला जायन्ट्समा अनुबन्ध भएका छन् । श्रीलंकामा जारी ड्राफ्टमा सन्दीपलाई डम्बुल्लाले ४० हजार डलर अर्थात (५० लाख ७६ हजार नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको छ । सन्दीप रहेको टोलीमा अष्ट्रेलियाका […]

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिग ( एलपिएल) ५० लाख नेपाली रुपैयाँमा डम्बुल्ला जायन्ट्समा अनुबन्ध भएका छन् ।


श्रीलंकामा जारी ड्राफ्टमा सन्दीपलाई डम्बुल्लाले ४० हजार डलर अर्थात (५० लाख ७६ हजार नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको छ । सन्दीप रहेको टोलीमा अष्ट्रेलियाका डार्सी सर्ट, श्रीलंका कप्तान दासुन सनका, भानुका राजपक्ष लगायतका खेलाडी अनुबन्ध भएका छन् ।

सन्दीप इन्टरनेशन डाइमण्डको समूहबाट अनुबन्ध भएका हुन् । अक्सनमा ३ सय ५३ खेलाडी छन् । १ सय ८० विदेशी खेलाडी र १ सय ७३ श्रीलंका खेलाडी रहेका छन् । ड्राफ्ट २० राउण्ड सम्म चल्नेछ ।

एलपिएलमा पाँच फ्रेन्चाइज टोली छन् । एलपिएल २०२२ जुलाई ३१ जुलाई देखि २१ अगष्ट सम्म श्रीलंकामा हुनेछ ।

सन्दीपले पछिल्लो समय बिग ब्यास लिग होबाट हरिकेन्सबाट खेल्दै आएका छन् । बिग ब्यास बाहेक अन्य विदेशी फ्रेन्चाइज लिग पछिल्लो समय सन्दीपले खेलेका छन् । गत सिजनमा आइपिएल अक्सनमा ४० लाख भारु अर्थात ६४ लाख नेपाली रुपैयाँ अक्सनमा राखेपनि सन्दीपलाई कसैले पनि किनेका थिएनन् ।

नेपाली टोली क्यानाडामा छ । त्यहाँ दुई अभ्यास खेल खेलेर स्कटल्यान्ड जानेछ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज नामिबिया र स्कटल्यान्डसँग खेलेर १७ जुलाईमा सकिनेछ । त्यसपछि केहि समय नेपालको खेल नहुँदा सन्दीपले पुरै सिजन खेल्न पाउने सम्भावना छ ।

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई पुनः विशाल लक्ष्य पेश 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ […]

May 2, 2024

नेपालले टस हार्यो, पहिला बलिङ गर्दै 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । विश्वकप जाने १५ सदस्सिय टोली सार्वजनिक भएपछि आज नेपाल पहिलो पटक खेल्दैछ । यस सिरिजमा नेपालले २० जना खेलाडी प्रयोग […]

Success

Thank you for your time.