default_image

2 years ago

July 6, 2022

नेपाल र क्यानाडाको खेल रद्ध

काठमाडौं (हाम्रो खेलकुद) – लगातार वर्षाको कारण नेपाल र घरेलु टोली क्यानाडाबीचको पहिलो एकदिवसिय अभ्यास रछ भएको छ । खेल निर्धारित समय अनुसार मंगलबार राती ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा खेल सुरु हुनुपर्ने हो । लगातार वर्षाको कारण खेल रद्ध हुन पुगेको हो । साँझ ६ बजेदेखि राती […]

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लगातार वर्षाको कारण नेपाल र घरेलु टोली क्यानाडाबीचको पहिलो एकदिवसिय अभ्यास रछ भएको छ । खेल निर्धारित समय अनुसार मंगलबार राती ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा खेल सुरु हुनुपर्ने हो ।

लगातार वर्षाको कारण खेल रद्ध हुन पुगेको हो । साँझ ६ बजेदेखि राती २ बजे सम्म लगातार वर्षाको कारण म्याच रेफ्रीले खेल रद्धको घोषणा गरेका थिए । नेपालले दोस्रो खेल सोहि मैदान र सयमा आज राती खेल्नेछ ।

नेपालले सुरुवाती दुई अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रन र ५५ रनले हराएको थियो । क्यानानडो बातावरण र स्कटल्यान्डको मिल्दोजुल्दो छ । त्यसैले नेपालले क्यानाडामा अभ्यास खेल खेलेको हो ।

नेपाल आजको खेलपछि स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।नेपाललाई आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न र ओडिआई मान्यतालाई निरन्रता दिन बाँकी सबै खेल खेल्नु पर्ने हुन्छ । नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।

नेपाललाई सिधैं विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुन शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंक तालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।

नेपालको खेल तालिका

असार २१ (जुलाई ५) – नेपालविरुद्ध क्यानाडा, पहिलो एकदिवसिय खेल

असार २२ (जुलाई ६) – नेपालविरुद्ध क्यानाडा, दोस्रो एकदिवसिय खेल

स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका

असार २७ ( जुलाई ११) – नामिवियाविरुद्ध नेपाल

असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल

असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया

साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड

अंक तालिका

ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २० खेलमा १३ मा जित र ५ मा हारका साथ २८ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल १६ खेलमा ७ मा जित र ८ मा हारका साथ १५ अंक जोड्लै पाँचौं स्थानमा छ । नामिबिया १४ खेलमा ७ मा जित र ७ मा हार सहित १४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.