default_image

3 years ago

July 10, 2022

इंग्ल्यान्डमाथि क्लिनस्विप गर्ने सोचमा भारत

175 views

0 Bookmark

एजेन्सी – भारतले इंग्ल्यान्डसँगको तेस्रो अन्तिम टि२० आई खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : १५ मा ट्रेन्ट ब्रिज नोटिङ्घममा सुरु हुँदै छ । पहिलो खेलमा भारत ५० रन र दोस्रो खेलमा ४९ रनले विजयी हुँदै सिरिज एक खेल अगावै जितेको छ ।

सिरिज जितेको भारत क्लिनस्विप गर्ने सोचमा हुनेछ । घरेलु टोली इंग्ल्यान्ड अन्तिम खेलमा जितका साथ क्लिनस्विपबाट बच्न चाहन्छ । तर इंग्ल्यान्डले ब्याटिङमा भने सानदार प्रदर्शन गनुपर्ने हुन्छ । जस बटलरको कप्तानीमा रहेको इंग्ल्यान्डले सुरुवाती दुई खेलमा अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको छैन ।

बटलर पहिलो खेलमा गोल्डेन र दोस्रो खेलमा ४ रनमा आउट भएका थिए । दुबै खेलमा बटलर भुवनेश्वर कुमारको बलमा आउट भएका थिए । अर्का ओपनर जेसन रोयको प्रदर्शन पनि राम्रो हुन सकेन । रोयको स्थान फिलिप साल्टलाई मौका दिनसक्छ ।
बटलर, डेविड मलान र लियाम लिभिङस्टोनको उच्च प्रदर्शन विना इंग्ल्यान्डलाई जित्न कठिन पर्नसक्छ ।

युवा ब्याटर ह्यारी ब्रुकले राम्रो प्रभाव देखाएका छन् । तर उनले ठूलो इनिङ खेल्नुपर्छ । मोईन अलीले भने दुबै खेलमा राम्रो प्रदर्शन गरेका छन् । साम करनले पनि दुबै खेलमा कमजोर प्रदर्शन गरेका छन् । जोनी बेयरस्टो र बेन स्टोक्सलाई इंग्ल्यान्डले विश्राम दिएको छ ।

डेब्यू खेलमा तीव्र गतिका रिचर्ड ग्लीसनले विराट कोहली, ऋषभ पन्त र रोहित शर्मालाई आउट गर्दै सानदार डेब्यू गरेका थिए । क्रिस जोर्डनले त्यसपछिका चार विकेट लिएका थिए । यी दुई जोडी भारतका खेलाडीलाई पुन निराश बनाउन सक्छ । तर स्पिनर म्याथ्यु पार्किन्सनको प्रदर्शन कमजोर छ ।

यता भारतले ओपनरमा रोहित र ऋषभ पन्तलाई निरन्तरता दिनेछ । दुबै खेलमा भारतले ओपनिङमा राम्रो सुरुवात गरेका छन् । विराट कोहली पहिलो खेलमा १ रनमा आउट भएका थिए । कोहलीलाई उच्च प्रदर्शनको दबाब छ । त्यसपछि हार्दिक पान्ड्या, सूर्यकुमार यादव र दिनेश कार्तिक हुनेछन् ।

भारतले सिरिज जिति सकेको हुँदा अवसर नपाएका खेलाडीलाई मौका दिनसक्छ । भारतले मध्यक्रममा श्रेयस ऐरलाई मौका दिनसक्छ । हर्षल र भुवनेश्वर मध्य एकलाई बेन्चमा राखेर उमरान मलिकलाई मौका दिनसक्छ । युजभेन्द्र चहलको स्थानमा रवि विश्रोईलाई मौका दिनसक्ने सम्भावना छ । रोहितले कप्तानीको रुपमा लगातार १५ टि२० आई खेल जितेका छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.