default_image

2 years ago

July 11, 2022

नामिबिया स्कटल्यान्डसँग पराजित

एजेन्सी – तीव्र गतिका बलर शफ्यान शरिफकोे पाँच विकेटमा स्कटल्यान्डले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियालाई ७७ रनले पराजित गरेको छ । टिटवुड ग्लासगो टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५८ रन बनायो । स्कटल्यान्डका मध्यक्रमका ब्याटर जर्ज मुन्शेले १ सय ८ बलमा ७ […]

108 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर शफ्यान शरिफकोे पाँच विकेटमा स्कटल्यान्डले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियालाई ७७ रनले पराजित गरेको छ ।


टिटवुड ग्लासगो टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५८ रन बनायो । स्कटल्यान्डका मध्यक्रमका ब्याटर जर्ज मुन्शेले १ सय ८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७१ रनमा अविजित रहे ।

कलमु म्याकलेओडले ८२ बलमा ५ चौकासहित ५० रन बनाए । ओपनर काइल कोट्जर २९ र म्याथ्यु क्रस २८ रनमा आउट भए । नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले सर्वाधिक तीन विकेट लिए ।

जितको लागि २ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको नामिबिया ४३ ओभरमा १ सय ८१ रनमा अल आउट भयो । नामिबियाका जन निकोल लोफ्टी इटनले ५८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । जेजे स्मित २८, लो ह्यान्डी लरेन्सले ४७ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

स्कटल्यान्डका शफ्यान शरिफले ९ ओभरमा ३५ रन खर्चेर ५ विकेट लिए । हम्जा ताहिर र मार्क वाट्ले २–२ विकेट लिए । स्कटल्यान्डले अव बुधबार नेपालसँग खेल्नेछ । नामिबिया र नेपालबीच आज प्रतिस्पर्धा हुँदैछ ।

अंक तालिका

ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २१ खेलमा १४ मा जित र ५ मा हारका साथ ३० अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल १६ खेलमा ७ मा जित र ८ मा हारका साथ १५ अंक जोड्लै पाँचौं स्थानमा छ । नामिबिया १५ खेलमा ७ मा जित र ८ मा हार सहित १४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई पुनः विशाल लक्ष्य पेश 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ […]

Success

Thank you for your time.