default_image

2 years ago

July 11, 2022

चान्डिमलको दोहोरो शतकमा श्रीलंकाको विशाल अग्रता

एजेन्सी – मध्यक्रमका ब्याटर दीनेश चान्डिमलको करिअरको पहिलो अन्तर्राष्ट्रिय दोहोरो शतकमा श्रीलंकाले दोस्रो टेस्ट खेलमा अष्ट्रेलियाविरुद्ध पहिलो इनिङमा १ सय ९० रनको विशाल अग्रता लिएको छ । चौथो दिन दोस्रो सेसनमा श्रीलंका ५ सय ५४ रनमा अल आउट भयो । श्रीलंकाका दीनेश चान्डिमल ३ सय २६ बलमा १६ चौका र ५ छक्कासहित २ सय ६ […]

69 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर दीनेश चान्डिमलको करिअरको पहिलो अन्तर्राष्ट्रिय दोहोरो शतकमा श्रीलंकाले दोस्रो टेस्ट खेलमा अष्ट्रेलियाविरुद्ध पहिलो इनिङमा १ सय ९० रनको विशाल अग्रता लिएको छ । चौथो दिन दोस्रो सेसनमा श्रीलंका ५ सय ५४ रनमा अल आउट भयो ।

श्रीलंकाका दीनेश चान्डिमल ३ सय २६ बलमा १६ चौका र ५ छक्कासहित २ सय ६ रनमा अविजित रहे । चान्डिमलले तीव्र गतिका बलर मिचेल स्टार्कलाई लगातार दुई छक्का हान्दै आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो दोहोरो शतक प्रहार गरेका थिए ।

श्रीलंकाका कुशल मेन्डिस १ सय ६१ बलमा ९ चौकासहित ८६ रनमा आउट भए । दोस्रो विकेटका लागि कप्तान दिमुथ करुणारत्ने र मेन्डिसले १ सय ५२ रनको शतकीय साझेदारी गरेपछि श्रीलंकाले बलियो सुरुवात गरेको थियो ।

करुणारत्ने १ सय ६५ बलमा १० चौकासहित ८६ रनमा मिचेल स्वीपसनको बलमा एलबीडब्लू आउट भए । ओपनर पाथुम निसंका ६ रनमा आउट भए । एन्जिलो म्याथ्युज ५२ रन र कामिन्दु मेन्डिस ६१ रनमा आउट भए । चौथो विकेटका लागि चान्डिमल र म्याथ्युजले ८३ रनको साझेदारी गरेका थिए ।

पाँचौं विकेटका लागि चान्डिमलले कामिन्दुसँग १ सय ३३ रनको शतकीय साझेदारी गरेका थिए । रमेश मेन्डिस २९ रनमा आउट भए । अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ४ विकेट लिए । स्पिनर मिचेल स्वीपसनले तीन र नाथन लायनले दुई विकेट लिए ।

त्यसअघि गाले अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलिया ३ सय ६४ रनमा अल आउट भयो । अष्ट्रेलियाका स्टिभ स्मिथ २ सय ७२ बलमा १६ चौकासहित १ सय ४५ रनमा अविजित रहे । स्मिथको यो टेस्ट करिअरको २८ औं शतक हो ।

स्मिथले १८ महिनापछि पहिलो शतक प्रहार गरेका हुन् । मार्नस लाबुसेन १ सय ५६ बलमा १२ चौकासहित १ सय ४ रनमा आउट भए । लाबुसेनको यो टेस्ट करिअरको सातौं र घर बाहिर पहिलो शतक हो ।

ओपनर उस्मान खवाजा ७७ बलमा ४ चौकासहित ३७ रनमा आउट भए । डेविड वार्नर ५, ट्रविस हेड १२ र क्यामरन ग्रिन ४ रनमा आउट भए । तेस्रो विकेटका लागि लाबुसेन र स्मिथले १ सय ३४ रनको शतकीय साझेदारी गरेका थिए । विकेटकिपर एलेक्स केरी १६ रनमा अविजित छन् ।

श्रीलंकाका डेब्यू खेल खेलेका प्रभात जयसूर्याले सर्वाधिक ६ विकेट लिए । कसुन रजिथा र रमेश मेन्डिसले एक एक विकेट लिए । दुई टेस्ट खेलको सिरिजमा अष्ट्रेलिया १–० ले अघि छ । पहिलो खेलमा अष्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई पुनः विशाल लक्ष्य पेश 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ […]

Success

Thank you for your time.