default_image

2 years ago

July 11, 2022

खराब ब्याटिङसँगै नेपाल नामिबियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खराब ब्याटिङसँगै आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग ४० रनले पराजित भएको छ । योसँगै नेपाल अंक तालिकामा छैटौं स्थानमा झरेको छ । जितका लागि २ सय २१ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ८० रनमा अल आउट भयो । नेपालका आरिफ शेख ८४ बलमा […]

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खराब ब्याटिङसँगै आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग ४० रनले पराजित भएको छ । योसँगै नेपाल अंक तालिकामा छैटौं स्थानमा झरेको छ ।

जितका लागि २ सय २१ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ८० रनमा अल आउट भयो । नेपालका आरिफ शेख ८४ बलमा २ चौकासहित सर्वाधिक ५० रनमा अविजित रहे । आरिफको ओडिआई करिअरको यो चौथो अर्ध शतक हो । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

देव खनाल ६५ बलमा २ चौकासहित ३४ रनमा आउट भए । । ओपनर आसिफ शेख १४ र कुशल भुर्तेल २७ रनमा आउट भए । तीव्र गतिका बलर जान फ्रिलिंकको आठौं ओभरको पहिलो बलमा आसिफ कभरमा डिभान ला कुकबाट क्याच भए ।
कुशल बेर्नार्ड शोल्ट्ज़को बलमा विकेटकिपर जिन ग्रिनबाट स्टम्पिङ आउट भए ।

कुशलले ४६ बलमा २ चौका र १ छक्का प्रहार गरे । आसिफले २० बलमा २ चौका प्रहार गरे । रोहित पौडेल शून्यमा रन आउट भए । दीपेन्द्रसिंह ऐरी १८ औं ओभरको अन्तिम बलमा ४ रनमा क्याच आउट भए । दीपेन्द्र डेविड विजाको बलमा कप्तान गेर्रार्ड इरास्मसबाट क्याच भएका थिए । दीपेन्द्रले पछिल्लो समय लगातार खराब प्रदर्शन गरेका छन् ।

सोमपाल कामी र आदिल अन्सारी १०-१० रनमा आउट भए । नेपाललाई अन्तिम ४२ बलमा ५६ रन आवश्यक पर्दा हातमा तीन विकेट थियो । तीव्र गतिका बलर रुबेन ट्रम्पेलम्यानको ४४ औं ओभरको तेस्रो बलमा करण लङअफमा डेविड विजाबाट क्याच भएपछि जितको सम्भावना टाढिएको थियो । करण ११ बलमा २ चौका र १ छक्कासहित १९ रनमा आउट भए । बसिर अहमद ३ रनमा रन आउट भए ।

नामिबियाका स्पिनर बेर्नार्ड शोल्टजले १० ओभरमा २७ रन खर्चेर २ विकेट लिए । डेविड विजाले ६.५ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । जान फ्रिलिंकले २ विकेट लिए ।

त्यसअघि क्याम्बुस्दुन न्यू ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबिया ४७.३ ओभरमा २ सय २० रनमा अल आउट भयो । नामिबियाका छैटौं नम्बरका ब्याटर जान निकोल लोफ्टी एटोनले ६९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६० रन बनाए । ओपनर लो हान्ड्री लरेन्स र डिभान ला ककले पहिलो विकेटका लागि ६.३ ओभरमा ३१ रनको साझेदारी गरेका थिए । लरेन्स करण केसीको बलमा १८ रनमा कट एण्ड बोल्ड आउट भए ।

उनले २३ बलमा ३ चौका प्रहार गरे । ११ औं ओभरको चौथो बलमा सन्दीपले आक्रामक सुरुवात गरेका ककलाई एलबीडब्लू आउट गरे । डिभान ला कक ३२ बलमा ७ चौकासहित ४१ रनमा आउट भए । सन्दीपले विकेटकिपर जीन ग्रिनलाई १५ औं ओभरको पहिलो बलमा विकेटकिपर आसिफ शेखबाट स्टम्पिङ आउट गरे ।

नामिबियाका प्रमुख ब्याटर क्रेग विलियम्स ४६ बलमा १ चौकासहित २१ रनमा रन आउट भए । दीपेन्द्रसिंह ऐरीले ३० औं ओभरको पाँचौं बलमा कप्तान गेर्हार्ड इरास्मसलाई २२ रनमा बोल्ड गर्दै प्रमुख विकेट दिलाए ।

तल्लोक्रमका जेजे स्मित १७ र डेविड विजा १८ रनमा आउट भए । नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा ५४ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । करण केसी, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए । नेपालले दोस्रो खेल बुधबार स्कटल्यान्डसँग खेल्नेछ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।

स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका

असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल

असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया

साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड

अंक तालिका

ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २१ खेलमा १४ मा जित र ५ मा हारका साथ ३० अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया १६ खेलमा ८ मा जित र ८ मा हार सहित १६ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । नेपाल १७ खेलमा ७ मा जित र ९ मा हारका साथ १५ अंक जोड्दै छैटौं स्थानमा पुगेको छ ।पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई पुनः विशाल लक्ष्य पेश 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ […]

Success

Thank you for your time.