default_image

2 years ago

July 13, 2022

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टिटवुड ग्लासगोमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले टोलीमा कुनैपनि परिवर्तन भने गरेको छैन । नामिबियासँगको टोलीलाई नै निरन्तरता दिएको छ । स्कटल्यान्ड लगातार […]

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टिटवुड ग्लासगोमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले टोलीमा कुनैपनि परिवर्तन भने गरेको छैन । नामिबियासँगको टोलीलाई नै निरन्तरता दिएको छ ।

स्कटल्यान्ड लगातार दोस्रो जितको सोचमा छ । नेपाल पहिलो जितको सोचमा हुनेछ । नेपाल पहिलो खेलमा ४० रनले पराजित भएको थियो । नामिबिया पहिलो खेलमा स्कटल्यान्डसँग ७७ रनले पराजित भएको थियो ।

विश्वकप लिग २ मा स्कटल्यान्ड तुलनात्मक रुपमा सबैभन्दा बलियो टोली मानिन्छ । यस लिग २ मा सबैभन्दा कम हार्ने टोली पनि स्कटल्यान्ड नै हो । उसले जम्मा ५ खेल मात्र हारेको छ । घरेलु मैदान र वातावरणको फाइदा उठाउँदै स्कटल्यान्ड नेपालमाथि सहज जित निकाल्न चाहन्छ ।

नेपालले भने उत्कृष्ट ब्याटिङ गर्नुपर्ने हुन्छ । तर पछिल्लो समय ब्याटिङ नेपालको फ्लप छ । नेपाल पहिलो खेलमा खराब ब्याटिङकै कारण नामिबियासँग पराजित भएको थियो । सबै ब्याटरले जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ । नेपालको ब्याटिङमा गहिराई छ । तर जिम्मेवारी छैन । रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख जस्ता ब्याटरबाट नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ ।

स्कटल्यान्डको ब्याटिङ र बलिङ दुबै उत्कृष्ट छ । स्कटल्यान्डको ब्याटिङमा अनुभवी खेलाडी छन् । कप्तान काइल कोट्जर, म्याथ्यु क्रस, कलुम म्याकलेड, रिची बेरिङ्टन र जर्ज मुन्शे जस्ता एसोसियट स्टार ब्याटरले स्कटल्यान्ड धेरै मजबुत बनेको छ । यी मध्य एक ब्याटर क्रिजमा जम्दा स्कटल्यान्डले सहज जित हात पार्नसक्छ ।

स्कटल्यान्डले दुई स्पिनरमा मार्क वाट् र हम्जा ताहिरलाई खेलाउँदै आएको छ । यी दुबैले लगातार राम्रो प्रदर्शन गरेका छन् । शफ्यान शरिफ स्कटल्यान्डका प्रमुख बलिङ हतियार हुन् । एसोसियट क्रिकेटकै एक उत्कृष्ट तीव्र गतिका बलरको रुपमा चर्चित उनले ओडिआईमा ५६ ओडिआईमा ८० विकेट लिई सकेका छन् ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।

May 4, 2024

सोमपाल गीता एभिएसनको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका रूपमा नियुक्त गरेको छ । आफ्नो प्राङ्गणमा शुक्रबार, वैशाख २१ गरेका दिन एक समारोहका बीच सोमपाल गीता एभिएसनको ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध भएका हुन् । नेपाल विश्वकप खेल्न वेस्ट इन्डिज प्रस्थान गर्नुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् […]

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

Success

Thank you for your time.