3 years ago
July 15, 2022
एजेन्सी – तीव्र गतिका बलर रिस टोप्लीले कीर्तिमानी ६ विकेटमा इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा भारतलाई १ सय रनको फराकिलो अन्तरले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ ।

जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा १ सय ४६ रनमा अल आउट भयो । भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान सर्वाधिक २९ रन बनाए । हार्दिकले ४४ बलमा २ चौका हाने । जडेजाले ४४ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
तेस्रो ओभरको चौथो बलमा टोप्लीले रोहित शर्मालाई शून्यमा एलबीडब्लू आउट गरे । १० बल खेलेपनि रोहितले खाता खोल्न सकेनन् । टोप्लीले नै अर्का ओपनर शिखर धवनलाई ९ रनमा जस बटलरबाट क्याच गराए । युवा तीव्र गतिका बलर बायडन कार्सले ११ औं ओभरको दोस्रो बलमा ऋषभ पन्तलाई शून्यमा आउट गर्दा भारत २९–३ को कमजोर अवस्थामा पुगेको थियो ।

डेविड विल्लीको बलमा विराट कोहली १६ रनमा जस बटलरबाट क्याच भएपछि भारतको जित कठिन बनेको थियो । कोहलीले २५ बलमा ३ चौका प्रहार गरे । कोहली तीन वर्षदेखि शतक विहीन छन् । टोप्लीले सूर्यकुमार यादवलाई २७ रनमा बोल्ड गर्दै इंग्ल्यान्डलाई जिततर्फ अघि बढाएका थिए ।
टोप्लीले युजभेन्द्र चहललाई ३ रनमा बोेल्ड गर्दै आफ्नो पहिलो पाँचौं विकेट पूरा गरे । तीन बलपछि प्रसिद्ध कृष्णलाई आउट गर्दै ६ विकेट पूरा गरेका थिए । मोहम्मद शामीले २३ रन बनाए ।
टोप्लीले ९.५ ओभरमा २ मेडनसहित २४ रन खर्चेर ६ विकेट लिए । यो इंग्ल्यान्डका बलरले ओडिआईमा गरेको हालसम्मकै उच्च प्रदर्शन हो । ओडिआईमा ६ विकेट लिने इंग्ल्यान्डका समग्रमा तेस्रो बलर हुन् । डेविड विल्ली, बायडन कार्स, मोईन अली र लियाम लिभिङस्टोनले १–१ विकेट लिए ।
त्यसअघि लर्ड्समा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली इंग्ल्यान्ड ४९ ओभरमा २ सय ४६ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका मोईन अलीले ६४ बलमा २ चौका र २ छक्कासहित ४७ रन बनाए । डेविड विल्ली ४९ बलमा २ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । सातौं विकेटका लागि मोईन अली र विल्लीले ७८ बलमा ६२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

ओपनर जेसन रोय र जोनी बेयरस्टोले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । रोय हार्दिक पान्ड्याको नवौं ओभरको पाँचौं बलमा पुल सट खेल्ने धुनमा स्क्वायर लेगमा सूर्य कुमार यादवबाट २३ रनमा क्याच भए । जोनी बेयरस्टो युजभेन्द्र चहलको बलमा स्विप खेल्ने धुनमा मिस हुँदा ३८ रनमा बोल्ड भए ।
उनले ३८ बलमा ६ चौका प्रहार गरे । चहलले जो जरुटलाई ११ रनमा एलबीडब्लू आउट गर्दै इंग्ल्यान्डमाथि दबाब बढाए । बेन स्टोक्स पनि रिभर स्वीप खेल्ने धुनमा चहलको बलमा २१ रनमा एलबीडब्लू आउट भए । स्टोक्सले २३ बलमा ३ चौका प्रहार गरे ।

कप्तान बनेपछि राम्रो प्रदर्शन गर्न नसकेका जस बटलर मोहम्मद शामीको बलमा ४ रनमा बोल्ड भए । लियाम लिभिङस्टोनले तल्लोक्रममा आशा देखाएका थिए ।
हार्दिक पान्ड्याको बलमा लिभिङस्टोन डीप स्क्यार लेगमा वैकल्पिक फिल्डर श्रेयस ऐरबाट ३३ रनमा क्याच भएपछि ठूलो योगफलको सम्भावना सकिएको थियो । उनले ३३ बलमा २ चौका र २ छक्का हाने । प्रमुख ब्याटर खराब सटका कारण आउट भएका थिए ।

भारतका युजभेन्द्र चहलले १० ओभरमा ४७ रन खर्चेर ४ विकेट लिए । जस्प्रित बुमराह र हार्दिक पान्ड्याले २-२ विकेट लिए । प्रसिद्धकृष्ण र मोहम्मद शामीले १-१ विकेट लिए । पहिलो खेलमा भारत १० विकेटले विजयी भएको थियो । अन्तिम खेल आइतबार म्यानचेस्टरमा हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]