default_image

3 years ago

July 15, 2022

सातौं संस्करणको एलपीएल कात्तिकमा

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विद्यालय स्तरिय यू-१९ लिटल फ्लावर प्रिमियर लिग ( एलपीएल) को सातौँ संस्करण आगमी कार्तिक १३ गते देखि कार्तिक २६ गते सम्म धनगढीमा हुने भएको छ । विद्यालयस्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगले बिहिबार विज्ञप्ति जारी गर्दै मिति घोषणा गरेको हो।

लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सले आयोजना गर्ने प्रतियोगिताको विजेताले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै उपविजेताले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचले ३ हजार रुपैयाँ र खेलको गेम चेन्जरले १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द सिरिजले ३० हजार, उत्कृष्ट बलर र ब्याटरले १५(१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय टिमको सहभागिता रहने छ । सहभागी प्रत्येक टिमले ४ जना अन्डर(१९ राष्ट्रिय टिमका खेलाडीहरु समावेश गर्न पाउने प्रावधान छ। लिगको गत संसकरणमा अन्डर-१९ राष्ट्रिय टिमका कप्तान तथा राष्ट्रिय क्रिकेटर देव खनाल सहित आदील अन्सारी, बसिर एहमद सहित यु-१९ राष्ट्रिय क्रिकेटरहरु सन्तोष कार्की, अर्जुन साउद, शेर मल्ल, प्रकाश जैसी, बिपन रावल, विशाल बिक्रम केसी, सुवास ऐयर, आकाश चन्द, गौतम केसी, खडक बोहरा बिभिन्न टिमबाट सहभागी थिए ।

२०७३ साल देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताको प्रत्यक्ष प्रशारण पहिलो पटक राष्ट्रिय टेलिभिजन टिभी टुडे एच.डी. ले गर्नेछ। प्रतियोगितालाई नेपाल क्रिकेट संघले समेत मान्यता दिईसकेको छ।

विगतको संस्करण भन्दा यस पटक प्रतियोगितालाई थप स्तरीय बनाउने आयोजकले विश्वास व्यक्त गरेको छ। ुसहभागी १० टिमहरुलाई दुई समुहमा विभाजन गरिने छ ।

‘लिगको ६ वटा संस्करण सफलतापूर्वक सम्पन्न भइसके पश्चात सातौं संस्करणलाई थप परिस्कृत सुदृढ र बलियो धनगबाट आयोजना गर्न हामी प्रयासरत छौँ। उमेर सौहको क्रिकेट बलियो नहुँदा सम्म सिनियर क्रिकेट बलियो नहुने तथ्यलाई मध्यनजर गरि बिभिन्न कठिनाइका बाबजुद यस प्रतियोगितालाई निरन्तरता दिईराखिएको छ’, अध्यक्ष रामचन्द्र शाहीले विज्ञप्तिमा बताएका छन्।

प्रतियोगिताको गत संस्करणको उपाधि सन्तोष कार्की कप्तानीको सत्यवती एकेडेमीले जितेको छ। उसले फाइनलमा शेर मल्ल कप्तानीको बिद्या भुषण स्कुललाई १ सय ६१ रनको विशाल अन्तरले पराजित गरेको थियो।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.