3 years ago
July 17, 2022
एजेन्सी – आधुनिक समयमा क्रिकेट धेरै फेरिएको छ । आधुनिक उपकरणले खेलाडीको सानो सानो गल्ती पनि थाहा हुन्छ । पछिल्लो समय इंग्ल्यान्डको सबैभन्दा चर्चित घरेलु टि२० क्रिकेट भाइटालिटी ब्लास्टको फाइनलमा यस्तै भयो । उपाधि जितिसकेको खुसियाली मनाएपछि अन्तिम बल नो बल थाहा हुँदा पुन: अन्तिम बलका लागि खेल सुचारु गर्नुपरेको थियो ।

शनिबार राती फाइनल ह्याम्पशायर र लंकाशायरबीच टि२० ब्लास्टबीचको फाइनल रोमान्चक भयो । ह्याम्पाशायर एक रनले विजयी हुँदै उपाधि जित्यो । तर टोलीले त्यसअघि चार रनले उपाधि जित्दै खुसियाली मनाइसकेको थियो ।
जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको लंकाशायर अन्तिम ६ बलमा ११ रन चाहिएको थियो । तीव्र गतिका बलर नाथन एलिसले तीन बलमा चार रन खर्चिए । चौथो बलमा ल्यूक वुड ९ रनमा रन आउट भए । पाँचौं बलमा एलिसले रिचर्ड ग्लेसनलाई दुई रन दिए । अन्तिम बलमा जितको लागि पाँच रन चाहिएको थियो । नाथन एलिसले योर्करमा ग्लेसनलाई बोल्ड गरे ।
त्यसपछि ह्याम्पाशायरका खेलाडीको जितको खुसीको सेलिब्रेसन गरे । एलिसले दौडिएर खुसी मनाए । बाउन्ड्री बाहिर रहेका खेलाडीले दौडिएर मैदानमा उपाधिको सेलेब्रेसन गरे । मैदानमा खुसी चल्यो । मैदानमा खेलाडीले एकमाथि अर्कोलाई अंगालो मार्दै उपाधिको खुसी बनाए । उता ड्रेसिङ रुममा खुसीको सिमाना थिएन ।
आयोजकले पनि चारैतर्फ पटकाका साथ उपाधिलाई थप खुसीयाली र रमाइलो बनायो । खेलाडीले स्टम्प नै उखेलेर खुसी मनाएका थिए । खेलाडी खुसीमा नाच्न थालेका थिए । तर त्यो खुसी ३० सेकेन्डमा ब्रेक । अम्पायरले नो बलको संकेत दिँदै खेलाडीलाई पुन बोलाए । त्यो झोकमा खेलाडीले स्टम्प फ्याँके । निराश बने । तर एलिसले थप निराश भने बनाएनन् ।
अन्तिम बलमा उपाधि जित्न तीन रन चाहिएको थियो । एलिसले चलाखीपूर्ण स्वलो बल फ्याँक्दै ग्लेसनलाई बिट गराए । उनले एक रन लेगवाइको रुपमा बटुलेपछि एक रनले जितेको थियो । निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । उसका स्टिभन क्रफ्टले २५ बलमा ५ चौकासहित सर्वाधिक ३६ रन बनाए । लियाम डसन र जेम्स फुलरले दुई दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको ह्याम्पाशायरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । बेन म्याकडेर्मोटले ३६ बलमा ४ चौका र ४ छक्कासहित ६२ रनमा आउट भए । लंकाशायरका स्पिनर मार्क पार्किन्सनले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । यस प्रतियोगितामा इंग्ल्यान्डका नर्थ र साउथ ग्रुपबाट ९-९ गरि कुल १८ टोलीले प्रतिस्पर्धा गर्दै आएका छन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]