default_image

3 years ago

July 17, 2022

स्कटल्यान्डसँग नेपालको लज्जास्पद ब्याटिङ

239 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोेली स्कटल्यान्डविरुद्ध लज्जास्पद ब्याटिङ गर्दै १ सय २९ रनको सामान्य लक्ष्य दिएको छ । टिटवुड ग्लासगोमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ३४.५ ओभरमा १ सय २८ रनमा अल आउट भयो ।


नेपालका ओपनर आसिफ शेख ५८ बलमा ६ चौकासहित सर्वाधिक ४० रनमा क्याच आउट भए । आसिफ स्पिनर मार्क वाट्टको १९ औं ओभरको तेस्रो बलमा विकेटकिपर म्याथ्यु क्रसबाट क्याच भए । तर अम्पायरको निर्णयमा भने आसिफ सन्तुष्ट थिएनन् । उनले एज नलागेको संकेत दिएका थिए ।

आसिफ आउट हुँदा नेपाल १८.३ ओभरमा ६४–३ को अवस्थामा थियो । थप ६ रन जोेड्न मध्यक्रमका तीन ब्याटर गुमाएपछि नेपाल समस्यामा परेको थियो । ओपनर कुशल भुर्तेल पुन खराब प्रदर्शन गर्दै आउट भए । कुशल स्पिनर मार्क वाट्टको छैटौं ओभरको दोस्रो बलमा १६ बल खेल्दै ३ रनमा क्याच आउट भए ।

देव खनाल गेभिन मेनको बलमा १० रनमा क्याच आउट भए । रोहित पौडेल २० औं ओभरको पाँचौं बलमा फस्ट स्लिपमा कलुम म्याकलेओडबाट १० रनमा क्याच भए । रोहितले १६ बलमा १ चौका प्रहार गरे ।


मार्क वाट्ले नै आरिफ शेखलाई २१ औं ओभरको तेस्रो बलमा कलुमबाट शून्यमा क्याच गराएपछि नेपाल संकटमा परेको थियो । दीपेन्द्र स्पिनर हम्जा ताहिरको बलमा एज लागेर विकेटकिपरबाट ७ रनमा क्याच आउट भए ।

स्कटल्यान्ड भ्रमणमा पहिलो खेल खेलेका विनोद भण्डारी २१ बलमा २ चौकासहित १३ रनमा आउट भए । भण्डारी ताहिरको बलमा प्वाइन्टमा खेल्ने धुनमा क्रिस ग्रिब्सलाई विकेट सुम्पेका थिए ।

करण केसी गेभिन मेनको बलमा ७ रनमा बोल्ड भए । सन्दीप लामिछाने २७ बलमा ३ चौकासहित २७ रनमा अन्तिम विकेटका रुपमा क्याच आउट भए ।

स्कटल्यान्डका स्पिनर हम्जा ताहिरले ७.५ ओभरमा १ मेडनसहित २६ रन खर्चेर ४ विकेट लिए । मार्क वाट्टले ८ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । गेभिन मेनले दुई विकेट लिए ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.