default_image

3 years ago

July 25, 2022

भारतीय खेलाडीलाई विदेशी लिग खेल्न दिने सम्भावना

224 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेटको सर्वोच्च निकाय द बोर्ड अफ अक्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले आफ्ना खेलाडीलाई विदेशी लिग खेल्न दिने सम्भावना बढेको छ । पछिल्लो समय भारतीय क्रिकेटमा चर्चाको विषय बिसिसिआईको आगमी सेप्टेम्बरमा हुने वार्षिक साधरण सभाबाट टुङ्गो लाग्नेछ ।

भारतका खेलाडीले बिसिसिआईको अनुमतिमा इंग्ल्यान्डको काउन्टी क्रिकेट खेलेपनि विदेशी लिग भने खेल्दैनन् । इन्डियन प्रिमियर लिग (आइपिएल) का फ्रेन्चाइज टोलीले नै आफ्ना खेलाडीहरुले विदेशको टि२० लिग खेल्न दिनुपर्ने प्रस्ताव राखेपछि उक्त सम्भावना बढेको हो । हाल भारतमा स्टेटको सम्झौतामा रहेका खेलाडीले पनि बाहिर गएर खेल्न अनुमति दिइने गरेको छैन ।

गत साता मात्र आइपिएलका ६ फ्रेन्चाइज टोलीको स्वामित्व रहेको विभिन्न कम्पनिले दक्षिण अफ्रिकामा हुने टि२० च्यालेन्ज प्रतियोगिताको टोली खरिद गरेका थिए । आइपिएलका तिनै फ्रेन्चाइज टोलीको दबाबमा बिसिसिआईले अनुमति दिन विचार गरेको भारतीय मिडियाहरुमा चर्चा छ । यसको अन्तिम निर्णय वार्षिक साधारण सभाबाट थाहा हुनेछ ।

‘विदेशी लिगमा उपस्थिति भएका केहि आइपिएल टोलीले भारतीय खेलाडीहरुलाई अनुमति दिन बिसिसिआईलाई आग्रह गरेका छन् । तर यसको कुनै निष्कर्षमा पुग्न यसबारे वार्षिक साधरण सभामा छलफल गर्नुपर्छ । यो विवादस्पद विषय हो । विदेशमा भारतीय खेलाडी खेल्न नदिँदा नै आइपिएल सफल भएको छ’, बिसिसिआईका एक वरिष्ठ अधिकारीले इनसाइड स्पोर्ट्ससँग भनेका छन् ।

बिसिसिआईले भारतीय महिला खेलाडीलाई भने विदेशमा खेल्न अनुमति दिएको छ । पुरुषतर्फ भने भारतबाट सन्न्यास लिएका केहि खेलाडीले भने विदेशमा फ्रेन्चाइज टि२० लिग खेलेका छन् । तर उनीहरुलाई पुन भारतीय घरेलु क्रिकेटमा फर्किन कडाई गर्दै आएको छ । बिसिसिआई भारतीय खेलाडी विदेशी लिग खेल्दा आइपिएलले आफ्नो विशेषता गुमाउने विश्वास राख्दै आएको छ ।

बिसिसिआईले भारतीय खेलाडीलाई विदेशी खेलाडी खेल्न अनुमति दिएपनि शीर्ष श्रेणीका केन्द्रिय सम्झौतामा रहेका खेलाडीलाई खेल्न अनुमति दिने सम्भावना भने निकै कम छ । अर्थात रोहित शर्मा, विराट कोहली, लोकेश राहुल, जस्प्रित बुमराह, हार्दिक पान्ड्या जस्ता खेलाडी अन्य लिग खेल्न पाउने छैनन् । युवा खेलाडीलाई विकासको लागि वा टोलीबाट बाहिर रहेका खेलाडीलाई दिने सम्भावना छ ।

बिसिसिआई आइपिएलको कारण सबैभन्दा धनी क्रिकेट संस्था बनेको छ । आइपिएलले २०२३ देखि २०२७ सम्मको लागि मिडिया अधिकार ४८, ३९० करोड भारुमा बेचेको थियो । आइपिएल सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता पर्दछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.