default_image

2 years ago

July 25, 2022

लुम्बिनी अल स्टार्सको लोगो सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिग फ्रेन्चाइज टोली लुम्बिानी अल स्टार्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । काठमाडौंमा एक पत्रकार सम्मेलन गरि लुम्बिनी अल स्टार्सले आफ्नो लोगो सार्वजनिक गरेको हो । लुम्बिनी अल स्टार्स अमेरिकामा नेपाली समुदायको नेपाल अल स्टार्सले किनेको हो । लुम्बिनी अल स्टार्सको सहमालिक तथा सिइओ सञ्जय शर्मा र सहमालिक आशिक […]

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिग फ्रेन्चाइज टोली लुम्बिानी अल स्टार्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । काठमाडौंमा एक पत्रकार सम्मेलन गरि लुम्बिनी अल स्टार्सले आफ्नो लोगो सार्वजनिक गरेको हो ।


लुम्बिनी अल स्टार्स अमेरिकामा नेपाली समुदायको नेपाल अल स्टार्सले किनेको हो । लुम्बिनी अल स्टार्सको सहमालिक तथा सिइओ सञ्जय शर्मा र सहमालिक आशिक लामा छन् । पूर्व क्रिकेटर बरदान चालिसे र उत्सव सिग्देल पनि यस टोलीमा छन् ।

लुम्बिनी अल स्टार्सले अमेरिका देखि पर्यटक, निष्ठा र सम्मान बताउँदै लोगो सार्वजनिक गरेको हो । लोगोमा बुद्धको स्तुपा रहेको छ । सहमालिक तथा सिईओ सञ्जयले अमेरिका स्थापित भएको हुँदा सहज भएको बताए । ‘

हामीले अमेरिकामा माइनर लिग खेलेका छौं । हाम्रो बेसिक पहिला देखिनै बनाएका थियौं । क्यानसँग छलफल गरेर लिने निर्णय लिएका हौं’, सञ्जयले भने ।

सहमालिक आशिक लामाले तयारी पाँचै टोलीसँग सल्लाह गरेर अघि बढेको बताए । ‘हामी सबै कुरा तयारीमै छौं । क्यानको जुन मोडालिट छ त्यसै अनुसार काम गर्दछौं । सबै जना मिलेर काम गरि रहनु भएको छ’, आशिकले भने ।

लुम्बिनी अल स्टार्सलाई धेरैले अमेरिकामा रहेका खेलाडीलाई बढी मौका दिने अनुमान गरेका छन् । आशिकले अहिले भन्न नमिल्ने बताए ।

‘हामीसँग खेलाडीको डाफ्ट स्टम आएको छैन । ए, बी र सी ग्रेडका खेलाडी कति राख्न पाउने अहिले सम्म केहि आएको छैन । जब हामी यसको बारे थाहा पाउँछौं अनि थाहा हुन्छ । कसलाई डाफ्ट गर्न मिल्छ वा मिल्दैन । अन्तर्राष्ट्रिय कसलाई भन्न मिल्छ वा मिल्दैन । क्यानको मोडालिटीपछि त्यहिँ आधारमा टिम बनाउछौं’, आशिकले भने ।

क्यानले ६ मध्य चार फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ । काठमाडौंको प्रतिनिधित्व गर्ने टोली कान्तिपुर क्यापिटलको स्वामित्व कान्तिपुर मिडिया ग्रुपको हुनेछ । भारतको गोल्ड स्पोर्ट्स प्रालिले जनकपुरको प्रतिनिधित्व गर्दै जनकपुर रोयल्स घोषणा गरेको छ । त्यस्तै विराटनगर सुपरकिंग्सलाई भारतको डायमन्ड डिजीक्यापले खरिद गरेको छ ।

अमेरिकामा अवस्थित नेपाली अल स्टार्सले लुम्बिनी अल स्टार्सको स्वामित्व लिएको थियो । नेपाली टोली गत महिना अमेरिका भ्रमणमा जाँदा नेपाली अल स्टार्सले स्थानीय प्रशिक्षण व्यवस्थापन तथा अभ्यास खेल मिलाएको थियो ।

पोखरा र फार वेस्टर्नको टोलीको स्वामित्वबारे घोषणा गर्न बाँकी छ । नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म आयोजना हुने यसअघि नै सार्वजनिक भएको थियो । प्रतियोगिता होम तथा अवेका रुपमा गरि डबल राउन्ड रोबिनको आधारमा हुनेछ ।

प्रतियोगितामा ए ग्रेडमा रहेका खेलाडीले १५ लाख, बी ग्रेगमा रहने खेलाडीले १० लाख र सी ग्रेडमा रहने खेलाडीले ५ लाख रुपैयाँ न्यूनतम पाउने छन् । एक फ्रेन्चाइज टोलीमा १६ खेलाडी हुने बताइएको छ । जसमा ११ नेपाली र ५ विदेशी खेलाडी हुनेछन् ।

भारतीय कम्पनी सेभेन थ्रि स्पोर्ट्स नेपाल टि२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रुपमा रहनेछ । क्यानले नेपाल टि२० आयोजना गर्न थ्रि स्पोर्ट्ससँग ८ वर्षको लागि ३३ करोडको रुपैयाँमा बेचेको छ ।

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

May 4, 2024

सोमपाल गीता एभिएसनको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ । सोमपाललाई‌ गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो। नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका / वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् । यो अनुबन्धनले नेपाली खेलकुद र गीता एभिएसन दुवै पक्षको […]

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

Success

Thank you for your time.