default_image

2 years ago

July 30, 2022

राजाको सानदार प्रदर्शनमा जिम्बावेले बंगलादेशलाई हरायो

एजेन्सी – अलराउन्डर सिकन्दर राजाको सानदार प्रदर्शनमा घरेलु टोली जिम्बावेले पहिलो टि२० आई खेलमा बंगलादेशलाई १७ रनले हराएको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा जिम्बावेले १–० को अग्रता लिएको छ । जितको लागि २ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनायो […]

72 views

0 Bookmark

एजेन्सी – अलराउन्डर सिकन्दर राजाको सानदार प्रदर्शनमा घरेलु टोली जिम्बावेले पहिलो टि२० आई खेलमा बंगलादेशलाई १७ रनले हराएको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा जिम्बावेले १–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । नुरुल हसनले २६ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४२ रन बनाए ।

ओपनर लिटन दास १९ बलमा ६ चौकासहित ३२, मुनिम शहरिअर ४, अनामउल हक २६ र अफिफ हुसैनले १० रनमा आउट भए । नाज्मुल हसन सान्टोले २५ बलमा ३ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । जिम्बावेका ल्यूक जोंगवेले सर्वाधिक दुई विकेट लिए । सिकन्दर राजाले एक विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियो । जिम्बावेका सिकन्दर राजा २६ बलमा ७ चौका र ४ छक्कासहित ६५ रनको अविजित उत्कृष्ट इनिङ खेलेका थिए ।

मध्यक्रमका ब्याटर वेस्ली मधेभरेले ४६ बलमा ९ चौकासहित ६७ रनमा रिटायर्ट हर्ट भए । रेजिस चकभा ८, क्रेग इर्भिन २१ र सेन विलियम्स ३३ रनमा आउट भए । विलियम्सले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

बंगलादेशका मुश्ताफिजुर रहमानले ४ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । दोस्रो खेल आइतबार हुनेछ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.