3 years ago
August 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने यूएईले आयोजना गर्न लागेको इन्टरनेसनल लिग टि२० (आइएलटि२०) का लागि अनुबन्धित भएका छन् ।

यूएई क्रिकेटको सर्वोच्च निकाय इमिरेट्स क्रिकेट बोर्डले सोमबार एक विज्ञप्तिमार्फत लिगमा सहभागिता पक्का भएको ५० खेलाडीको नाम सार्वजनिक गरेको हो । उक्त सूचीमा नेपालबाट सन्दीप लामिछानेसँगै टेस्ट राष्ट्र तथा एसोसिएट टोलीका खेलाडी विभिन्न टोलीमा अनुबन्धित भएका हुन् । बोर्डले खेलाडीको नाम सार्वजनिक गरेपनि टोलीको विवरण भने खुलाएको छैन ।
मार्की खेलाडी सूचीमा नेपालका सन्दीप लामिछानेसँगै वेस्टइन्डिजका सुनिल नारायण, आन्द्रे रसल, एभिन लेविस, फाबियन एलेन, शिम्रण हेटमायार, अकिल होसेन र रोभ्म्यान पावेल छन् । इंग्ल्यान्डका मोइन अली, दविद मलान, स्याम बिलिंग्स, टम करन, एलेक्स हेल्स, क्रिस जोर्डन र टम बयान्टन पनि सूचीमा छन् । अष्ट्रेलियाबाट क्रिस लिन पनि अनुबन्धित भएका छन् । यसबाहेक श्रीलंकाका वानिन्दु हसरंगा, दुस्मन्था चमिरा र भानुका राजपक्ष, न्युजिल्यान्डका कोलिन मुनरो तथा अफगानिस्तानका मुजिब उर् रहमान पनि मार्की सूचीमा छन् ।
आइएलटि२० मा ६ टोलीले सहभागिता जनाउँदैछन् । हालसम्म नाइट राइडर्स ग्रुपको अबुधावी नाइट राइडर्स, जीएमआर ग्रुपको दुबई क्यापिटल्स र अदानी स्पोर्ट्सलाइनको गल्फ जायन्ट्स नाम पक्का भएको छ । क्याप्री ग्लोबल क्यापिटल लिमिटेड, लान्सर क्यापिटल र रिलायन्स स्ट्राटेजिक बिजिनेस भेन्चरले टोलीको नाम सार्वजनिक गरेको छैन ।

यस लिगमा सहभागी टोलीले लिग अवधिभरका लागि १८ खेलाडी अनुबन्धन गर्न पाउँछन् । जसमा ४ जना यूएईका खेलाडीसँगै २ जना एसोसिएट खेलाडी हुनुपर्ने नियम रहेको छ । हरेक खेलको प्लेइङ ११ मा दुई जना यूएई र एकजना एसोसिएट टोलीका खेलाडी अनिवार्य हुनुपर्ने प्रावधान छ । यसकारण पनि नेपाल लगायत एसोसिएट राष्ट्रका खेलाडीले राम्रो मूल्य र अवसर पाउनेछन् ।
टेस्ट राष्ट्रका लागि भने यो प्रतियोगिता टाउको दुखाइको विषय बनेको छ । खेलाडी अनुबन्धनका लागि टोलीहरुले मोटो रकम खर्चेसँगै कतिपय खेलाडीले आफ्नो देशको लिग नखेलेर यस प्रतियोगितालाई प्राथमिकता दिएका छन् । अष्ट्रेलियामा बिग ब्यास लिग चलिरहँदा केही खेलाडीले आइएलटि२० खेल्ने निर्णय लिने भएपछि यस लिगबारे अन्य देशले प्रश्न गरेका छन् । प्रतियोगिताको यकिन मिति तय नभएपनि जनवरी २०२३ मा हुने कार्यक्रम छ । प्रतियोगिता अष्ट्रेलियाको बिबिएल र बंगलादेशको बिपिएलसँग जुध्ने सम्भावना छ ।
तर इमिरेट्स क्रिकेट बोर्डका अनुसार आइसीसीले प्रतियोगिता २ संस्करण आयोजना गर्न स्वीकृति दिइसकेको छ । प्रतियोगितामा कुल ३४ खेल हुनेछन् । यसका लागि दुबई, अबुधावी र शारजाहको मैदान प्रयोग हुनेछ ।
प्रतियोगितामा सहभागी अन्य विदेशी खेलाडी :
लहिरु कुमारा, सेकुगे प्रसन्ना, कोलिन इन्ग्रम, चरिथ असलंका, रवी रामपाल, पल स्टर्लिङ, केनर लेविस, अलि खान, ब्रान्डन ग्लोभर, रेमन रेफर, इसुरु उडाना, ब्लेसिङ मुजरबानी, निरोशन डिक्वेला, हज्रतुल्लाह जजाई, फ्रेड क्लासेन, सिकन्दर राजा, जर्ज मुन्सी, ड्यान लरेन्स, डोमिनिक ड्रेक्स, जेमी ओभर्टन, लियाम डसन, डेविड विजा, कैस अहमद, रिचार्ड ग्लिसन, जेम्स भिन्स, नुर अहमद, रमनुल्लाह गुर्बाजम नविन उल हक, शेर्फान रदरफर्ड, सकिब महमुद, बेन डकेट, बेनी होवेल र रुबेन ट्रम्पलम्यान
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]