default_image

1 year ago

August 10, 2022

‘ब्याटिङबाट नेपाल के हो विश्वलाई देखाउनु छ’- अर्जुन

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेपछि युवा विकेटकिपर अर्जुन साउदले आफ्नो ब्याटबाट विश्वका सबै ठाउँमा गएर नेपाल के हो भनेर देखाउन चाहेको बताएका छन् । नेपालले अर्को महिना केन्यासँग खेल्ने पाँच टि२० आई र तीन एकदिवसिय अभ्यास खेलको लागि टोली घोषणा गर्दा अर्जुन पहिलो पटक टोलीमा परेका छन् । सुदूरपश्चिमबाट घरेलु […]

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेपछि युवा विकेटकिपर अर्जुन साउदले आफ्नो ब्याटबाट विश्वका सबै ठाउँमा गएर नेपाल के हो भनेर देखाउन चाहेको बताएका छन् ।

नेपालले अर्को महिना केन्यासँग खेल्ने पाँच टि२० आई र तीन एकदिवसिय अभ्यास खेलको लागि टोली घोषणा गर्दा अर्जुन पहिलो पटक टोलीमा परेका छन् । सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्दै आएका अर्जुनले आक्रामक ब्याटिङ र विकेटकिपिङका साथ आफ्नो छाप छाडेका छन् । यू१९ एसिया कप खेलि सकेका अर्जुन मुख भन्दा पनि ब्याटले देखाउन चाहेको बताउँछन् ।

‘पहिलो पटक सिनियर टोलीमा पर्दा एकदमै राम्रो लागिरहेको छ । हरेक खेलाडीको सपना देशबाट प्रतिनिधित्व गर्ने हुन्छ । एकदमै खुसी र गर्व लागेको छ । तर यो खुसी धेरै छैन । आउने जाने हुन्छ । मलाई संसारमा सबै ठाउँमा गएर नेपाल के हो भनेर देखाउनु छ । मुखले होईन म मेरो ब्याटले देखाउन छ’, अर्जुनले भने ।

‘राम्रो अभ्यास गरिरहेको छु । मुम्बईबाट प्रशिक्षक पनि आउनु भएको छ । मेरो मुम्बईको प्रशिक्षक दिगम्बर पार्दले एक हप्तादेखि धनगढीमै हुनुन्छ’, अर्जुनले भने । अर्जुनको आग्रमहै पार्दले नेपाल आएका हुन् । दिगम्बर अर्जुनका बच्चादेखिका नै प्रशिक्षक हुन् । दिगम्बरको प्रशिक्षणमा अर्जुनको आत्माविश्वास भने फेरिएको छ ।

अर्जुन भाइहरुले फोन गरेपछि टोलीमा परेको थाहा पाएको बताउँछन् । अर्जुन १९ औं एसियाडको लागि नेपाली क्रिकेट टोलीबाट एक महिना समय प्रशिक्षण गरे । त्यसले पनि उनको प्रदर्शन फेरिएको उनी बताउँछन् । ‘त्यहाँ अनुभवी प्रशिक्षक हुनुहुन्थ्यो । त्यसैले धेरै फरक पारेको छ । जगत टमटा, स्यामसन गुरुबाट राम्रो कुरा सिक्न पायौं । यसले आत्माविश्वास पनि फरक पार्यो । अभ्यासबाट फ्रि भएपछि हामीले चार घण्टा अरु गर्थ्यौं । किनभने हामीलाई केहि गर्नुछ’, अर्जुनले भने ।

‘मेरो लागि केन्या भ्रमण पहिलो हो । यसअघि यू-१९ एसिया कप त खेलेको छु । त्यहाँबाट पनि धेरै कुरा सिक्न पाएको छु । मैले सामान्य रुपमा लिएको छु । तयारी मेरो राम्रो छ । मेरो गुरु आएपछि म मेरो कमजोरीका काम गर्दै आएको छु । राम्रो अनुभव लागि रहेको छ’, अर्जुनले भने ।

अर्जुन विष्फोटक ब्याटिङ र राम्रो विकेटकिपरको रुपमा चिनिन्छन् । सुदूरपश्चिमका अर्जुन साउदले गत डिसेम्बरमा नेपालको यू१९ टोलीबाट एसिया कपमा शारजाहमा श्रीलंका यू-१९विरुद्ध ८० बलमा ३ चौका र २ छक्कासहित ६४ रनको इनिङ खेलेका थिए ।

त्यसअघि काठमाडौंमा भएको यू१९ राष्ट्रिय प्रतियोगितामा ७ खेलमा १ शतक र १ अर्धशतकसहित २ सय ४१ रनका साथ सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा थिए । उनले सुदूरपश्चिमबाट मधेश प्रदेशविरुद्ध ८५ बलमा १४ चौका र ५ छक्कासहित १ सय १६ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । प्रदर्शनमात्र होईन उनको विकेटकिपर शैली पनि त्यतिनै राम्रो थियो ।

दुई वर्षअघि प्रधानमन्त्री कपमा बागमती प्रदेशविरुद्ध खेलेको विष्फोटक ब्याटिङका कारण अर्जुन घरेलु क्रिकेटमा चर्चामा आएका थिए । नेपालले प्रशिक्षण भने नवनियुक्त मुख्य प्रशिक्षक भारतीय मनोज प्रभाकर आएपछि सुरु गर्नेछ । प्रभाकर शुक्रबार सम्म नेपाल आइपुग्नेछन् ।

नेपालले पहिलो टि२० आई खेल नेपालले भदौ ९ मा ( अगष्ट २५) मा केन्यासँग खेल्दै सुरुवात गर्नेछ । नेपाल केन्यामा भदौ ७ मा (अगष्ट २३) मा जाने कार्यक्रम छ ।

अर्जुनको क्रिकेट जीवनी यहाँ पढ्न सक्नुहुन्छ : मुम्बई हुर्केर नेपालमा फक्रिएका अर्जुन

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल(उपकप्तान), आसिफ शेख(विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो, विवेक यादव ।

वैकल्पिक खेलाडी : जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जि.सी. हरि शंकर शाह ।

केन्या र नेपालबीचको खेल तालिका

पहिलो टि२० आई खेल – भदौ ९ (अगष्ट २५)

दोस्रो टि२० आई खेल – भदौ १० (अगष्ट २६)

तेस्रो टि२० आई खेल – भदौं १२ (अगष्ट २८)

चौथो टि२० आई खेल – भदौं १३ ( अगष्ट २९)

पाँचौं टि२० आई खेल – भदौं १४ (अगष्ट ३०)

तीन एकदिवसिय अभ्यास खेल

पहिलो खेल – भदौ १७ (सप्टेम्बर २)

दोस्रो खेल – भदौ १८ (सप्टेम्बर ३)

तेस्रो खेल – भदौ २० (सप्टेम्बर ५)

September 24, 2023

अष्ट्रेलियामाथि भारतको अर्को सानदार जित

एजेन्सी – भारतले दोस्रो ओडिआई खेलमा सानदार ब्याटिङ प्रदर्शनका साथ अष्ट्रेलियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ९९ रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज भारतले एकखेल अगावै जितेको छ । जितको लागि ३ सय १७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया २८.२ ओभरमा २ सय १७ रनमा अल आउट भयो । जितको लागि ४ […]

September 24, 2023

क्रिकेट राजनीतिमा पारसको अद्भूत उडान

भूपेन्द्र जि.सी, काठमाडौं नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस खड्काले २०७८ साउन १९ गते अप्रत्याशित रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे । ३३ बर्षकै उमेरमा सन्न्यास घोषणा गर्दा उनका समर्थकले मात्र होइन समग्र विश्व क्रिकेट जगत नै आश्चर्यमा परेको थियो । उनको सन्न्यासमा धेरैले आ–आफ्नो धारणा पनि राखेका थिए । तर पारसले सन्न्यास […]

September 24, 2023

गिल र ऐरको शतकमा अष्ट्रेलियालाई ४ सय रनको विशाल लक्ष्य

एजेन्सी – ओपनर शुभमन गिल र श्रेयस ऐरको शतकको सहयोगमा भारतले दोस्रो ओडिआई खेलमा अष्ट्रेलियालाई ४ सय रनको विशाल लक्ष्य दिएको छ । इन्डोरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९९ रन बनायो । भारतका श्रेयस ऐरले ९० बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक १ सय […]

Success

Thank you for your time.