default_image

4 years ago

December 6, 2021

मुम्बई हुर्केर नेपालमा फक्रिएका अर्जुन

350 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

विकेटकिपर अर्जुन साउद नेपाली क्रिकेटमा देखिएको धेरै समय भएको छैन । गत माघमा प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता मार्फत घरेलु क्रिकेटमा पाइला टेकेका अर्जुनले छोटो समय र थोरै अवसरमा धेरै आशा र सम्भावना देखाएका छन् । उनको आक्रामक ब्याटिङ र उत्कृष्ट विकेटकिपर कौशलले नेपाली क्रिकेटलाइ नै नयाँ उत्साह थपेको छ ।

काठमाडौंमा सम्पन्न यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा अर्जुनसहितको सुदूरपश्चिम प्रदेश फाइनलमा लुम्बिनीसँग १ सय १३ रनले पराजित भयो । समग्रमा अर्जुनले ७ खेलमा ५ इनिङमा २ सय ४१ रन बनाए । उनी अघि लुम्बिनी प्रदेशका ओपनर देव खनाल ७ खेलमा ३ सय ३४ रनको साथ प्रतियोगिताकै उत्कृष्ट ब्याटर चुनिए । अर्जुनले २६ चौका र १० छक्का प्रहार गरे ।

सुदूरपश्चिम प्रदेश २ सँग दुई विकेटले पराजित भएपनि अर्जुन साउदले पाँचौं नम्बरमा ब्याटिङ गर्दै ८५ बलमा १४ चौका र ५ छक्का सहित १ सय १६ रनको यादगार शतकीय इनिङ खेले । तर आदिल अन्सारी नायक बन्दा सुदूरले २ सय ९० रनको योगफल बचाउन सकेन । नेपाली सिनियर टोलीबाट खेलिसकेका गुलशन झा र घरेलु क्रिकेटका स्टार अलराउन्डर विवेक कुमार यादव प्रमुख बलर रहेको प्रदेश २ विरुद्ध आक्रामक शतकीय इनिङ खेले ।

शतकमात्र होईन त्यसपछि विकेटकिपरमा देखाएको कौशल अझ लोभलाग्दो थियो । १ घण्टा ३९ मिनेट ब्याटिङ गर्न मैदानमा बिताएका अर्जुनले त्यसपछि उत्कृष्ट विकेटकिपर भूमिका निर्वाह गरे । १४ औं ओभरको पहिलो बलमा नरेश भट्ट आउट भएपछि क्रिजमा छिरेका अर्जुन ३७ ओभरको पहिलो बलमा आउट भए । स्पिनर अजय यादवको बलमा ठूलो सट खेलेपनि अर्जुन लङअफमा आदिल अन्सारीबाट क्याच भए ।

शतकपछि उनले विकेटकिपरमा देखाएको जोश, जाँगर, डाइभ र शान्त स्वभाव अझ उत्कृष्ट थियो । विकेटकिपरको समयमा बल समात्न उनको लङ डाइभ त्यतिनै उत्कृष्ट छ । दोस्रो खेलमा लुम्बिनीसँग १६ रनमा आउट हुँदा कर्णालीविरुद्ध ब्याटिङ नै गर्नु परेन ।

गण्डकीविरुद्ध अर्जुनले ६८ रन बनाउनुको साथै दुई क्याच लिँदै प्लेयर अफ द म्याच चुनिए । गण्डकीविरुद्ध डगमगाएको सुदूरलाई जिम्मेवारी प्रदर्शन गरेपछि चार बल अगाडि ६ विकेट गुमाउँदै जित पक्का गराए । गण्डकीविरुद्ध अर्जुनले १ घण्टा २० मिनेट ब्याटिङको लागि क्रिजमा बिताएका थिए । प्रदेश १ विरुद्ध अर्जुन ३२ रनमा अविजित रहँदा बागमतीविरुद्ध ब्याटिङ गर्नु परेन ।

अर्जुनले पिएम कपमा बागमतीविरुद्ध ३१ रनको इनिङ खेलेका थिए । फाइनलमा ९ रनमा आउट भएका थिए । टिम उत्कृष्ट भएपनि टिम एकता कमी, टिम प्लानको कमी, कमजोर व्यवस्थापन तथा प्रशिक्षणले प्रदर्शन अपेक्षा अनुसार रहेन ।

पिएम कपमा नेपाली क्रिकेटका सर्वाधिक सफल पूर्व कप्तान पारस खड्का र वर्तमान कप्तान ज्ञानेन्द्र मल्लको सम्मिलित बागमतीविरुद्ध अर्जुनले माघमा सुदूरपश्चिमबाट डेब्यू गर्दै २८ बलमा १ चौका र ३ छक्का सहित धेरैको ध्यान ताने । उनको इनिङ सानो थियो । खराब अवस्थामा उनले देखाएको आत्माविश्वास र आक्रामक खेल विश्वस्तरिय थियो । ३ सय रनको विजयी लक्ष्य पछ्याएको सुदूर १ सय १९ रनमा अल आउट भएको थियो । अर्जुनले ३१ र नारायण जोशीले २९ बलमा ५ छक्का सहित ४४ रनको इनिङ खेल्दै धेरैको ध्यान तानेका थिए ।

अर्जुनको उक्त प्रदर्शनपछि लेगमा बसेका पारस प्रभावित हुँदै नजिक आएर सोधेका थिए, ‘बाबु तिम्रो नाम के हो र कहाँ बस्छौं?’

अर्जुनले परिचय दिएपछि पारसले सुझाव दिए, ‘फोकस एण्ड किप स्टेडी’ अर्थात ध्यान दिएर अघि बढ्नु । पारसको त्यो भनाईले उनलाई थप प्रेरणा र हौसला थप्यो । ‘पारस दाइ नेपालको सबैको आइडल हुनुहुन्छ । नजिक आएर नाम सोध्दा त धेरै राम्रो र खुसी लाग्यो’, अर्जुनले त्यसबेलाको क्षण सुनाए । उक्त प्रतियोगिताको बाँकी खेलमा प्रदर्शन अपेक्षा अनुसार रहेन ।

अर्जुन आत्माविश्वासले भरिपूर्ण देखिन्छन् । टोली जस्तोसुकै अवस्थामा होस् आफ्नो रेन्जको बललाई बाउन्ड्रीमा परिणत गर्छन् । विकेटकिपिङ पनि उत्तिकै राम्रो छ । यू–१९ प्रतियोगिताकै उत्कृष्ट विकेटकिपर मानिएका अर्जुनको डाइभ उत्कृष्ट छ ।

‘एक ब्याटरको लागि शतक विशेष नम्बर हो । मेरो लागी राम्रो अनुभव थियो । मैले पहिला शतक सोचेको थिएन । शतकले म खुसी छु । टोलीको हारले धेरै दुखी बनाएको छ, अर्जुनले शतकपछि भने ।

प्रदेश २ विरुद्ध अन्तिम समयमा विकेटकिपर छाडेर अर्जुन पेभेलिएनमा निराश मुद्रामा थिए । प्रदेश २ का खेलाडीलाई भिन्दै भेटेर बधाई दिँदै खेल भावना देखाए । ‘व्यक्तिगत प्रर्दशन राम्रो थियो । तर क्रिकेट टिमको खेल हो । शतकले आफ्नो लागि खुसी थिए । हारले भने निकै नराम्रो लाग्यो’, अर्जुनले भने ।

‘मेरो क्षेत्रिय छनोटमा रन लागेको थिएन । त्यसैले चिन्तित थिए । तर रन बनाउनेमा म धेरै आत्माविश्वासी थिए । सिनियर खेलाडीले मलाई विश्वास र राम्रो साथ दिए । खेलाडीलाई साथ पनि खराव लयको समयमा चाहिने हो । खेलमा उतारचढाव हुन्छ नै । कहिले शतक त कहिले शून्य’, उनले भने ।

‘मैले शतक सोचेको थिइनँ । नढाँटि भन्दा मैले ९० पुग्दा पनि शतक सोचेको थिइनँ । ९५ रनपछि चौका हानेर ९९ मा पुगें । म त्यो बेला पनि शतकको लागि सोचेर खेलेको भए ब्याटर होईन । प्रदर्शन उपलब्धी भिन्दै हो । टिम सधैं माथि हुन्छ । हामीले लगातार पाँच क्षेत्रिय छनोट खेल खेलेका थियौ । एक दुई दिनको क्याम्पपछि हामी डेढ दिनको यात्राले काठमाडौं आयौं । विश्राम नहुँदा केहि कठिन पनि भयो’, उनले भने ।

को हुन् अर्जुन साउद ?

बुबा रामबहादुर र आमा खकिसरा साउदको जेठो सन्तानको रुपमा २००३ मा मुम्बईमा भएको हो । उनको एक भाइ (राकेश) छन् । अर्जुनको पुर्ख्यौली घर अछाम हो । तर उनले हालसम्म जन्मथलो देखेका र टेकेका छैनन् । कमजोर आर्थिक अवस्थाले बुबा आमा रोजगारीको कारण भारतमै रहँदै आएका छन् । त्यसैले उनको जन्म र वाल्यकाल मुम्बईको क्रिकेट वातावरणमा वित्यो ।

मुम्बईमा बाबा र आमा सुरक्षा गार्डको रुपमा कार्यरत छन् । धेरै नपढेको कारण रोजगार पाउन गाह्रो हुने अर्जुन बताउँछन् । त्यो कमाईले मुम्बईको महँगीमा परिवार चलाउन धौ-धौ पर्छ । आर्थिक अवस्था कमजोर हुँदा बाल्यकालमा धेरै संघर्ष गर्नुपर्यो । संघर्ष र कमाजोर आर्थिक अवस्थाले अर्जुनको क्रिकेट रुचि रोकिएन । सानोमा उनी पलाष्टिकको ब्याट र बल लिएर गार्डेनमा क्रिकेट खेल्न जान्थे । विस्तारै उनलाई क्रिकेटमा लत बस्दै गयो । अघि बढ्दै जाँदा उनले २०१५ मा मुम्बईको चर्चित पुलिस जिमखानमा क्रिकेट खेल्न थाले ।

१० वर्ष हुँदा क्रिकेट खेल्न सुरु गरे । गरिव परिवारमा हुर्केको हुँदा खेल्न भन्दा पनि पढाईमै ध्यान धेरै हुने बताउछन् । ‘पढाईले धेरै राम्रो होला भन्ने धेरैले सोच्छन् । मुम्बईमा बस्न सहज थिएन । धेरै संघर्ष गरे । परिवारको अवस्था कमजोर थियो । त्यहिँ संघर्षले पनि मलाई धेरै राम्रो पाठ सिकायो । पुलिस जिमखानमा यशस्वी जैसवाल, पृथ्वी शासँगै रणजीका चर्चित खेलाडीसँग नेटमा अभ्याससँगै गर्थ्यौं’, उनले भने ।

अर्जुन नेपालमा २०१९ मा आएका हुन् । उनलाई धनगढी प्रिमियर लिग (डिपिएल) का प्रमुख सुवास शाहीले नेपाल बोलाएका हुन् । २०१८ मा धनगढी क्रिकेट एकेडेमी मुम्बई भ्रमणमा थियो । अर्जुनले मुम्बईको पुलिसबाट डिसिएविरुद्ध राम्रो खेल खेलेपछि सुवासले नेपालमा आएर खेल्न सुझाव दिए ।

‘हामीले मुम्बई भ्रमणमा गएका थियौं । अर्जुनले मुम्बई पुलिसबाट खेलेका थिए । त्यसमा उनले राम्रो खेल खेले । पछि बुझ्दै जादा नेपाली रहेछन् । त्यसपछि मैले नेपालमा आएर खेल्न सुझाव दिएको थिएँ’, सुवासले भने ।

त्यसैमा शाहीले थपे, ‘पछि नेपाल आएर घरेलु क्रिकेट पनि राम्रो खेल्यो । उसको ब्याटिङले मलाई प्रभावित पारेको थियो । आक्रामक ब्याटिङ खेल्ने गर्ने । त्यस समयमा त निकै सानो थियो । अर्को कुरा उ निकै मिहिनेती छ । उसको भविष्य धेरै राम्रो छ ।’

सन् २०१९ मा नेपाल आउनुअघि उनी कहिल्यै नेपाल आएका थिएनन् । सुवासले नेपालमा आउन र आफूले सहयोग गर्ने बताएका थिए । त्यसले उनलाई झन राम्रो लाग्यो । उनले धनगढीको चर्चित लिटिल फ्लावर प्रिमियर लिगमा सानदार प्रदर्शन गरे । उनले एकै खेलमा १३ छक्का सहित लिटिल फ्लावरको सर्वाधिक छिटो शतकको कीर्तिमान राख्न सफल भए । क्षेत्रिय छनोट हुँदै माघमा पिएमकप खेले ।

भारतीय क्रिकेट टोलीका कप्तान तथा ओपनर रोहित शर्मा अर्जुन आदर्श खेलाडी हुन् । उनले २०१५ मा रोहितसँग भेटिसकेका छन् । उनको लागि धेरै खुसीको क्षण थियो । भारतीय ब्याटर अजिक्या रहाणेले समय समयमा मनोबल बढाउने बताए । अर्जुनको अबको सोच यू१९ एसिया कप र पिएम कप छ । उनले धेरै आशा राखेका छैनन् । तर आफ्नो उत्कृष्ट प्रर्दशन दिन चाहन्छन् । मिहिनेतमा कुनै कसर बाँकी नराख्ने उनको सोच छ । धनगढीमा अर्जुन सहकर्मी नरेन्द्र साउदसँग बस्दै आएका छन् । उनको परिवार अहिले पनि मुम्बईमै छ ।

सिनियर टोलीमा आउन यू–१९ को प्रदर्शन पर्याप्त छैन । उनलाई राम्रोसँग थाहा छ । उनी यू–१९ एसिया कप खेल्ने प्रारम्भिक नेपाली टोलीमा परिसकेका छन् । एसिया कपमा टेस्ट टोलीविरुद्ध उनको आफैंमा परिक्षा हुनेछ । त्यसपछि उनी पिएमकपमा केन्द्रित हुनेछन् । अर्जुनले जुन शैलीमा खेल पस्केका र विकेटकिपर भूमिका निर्वाह गरेका छन् त्यसले सिनियर टोली टाढा देखिदैन ।

छोटो समयमै उनले नेपाली क्रिकेटमा नयाँ आशा देखाएका छन् । नेपाल पनि राम्रो विकेटकिपरको खोजीमा छ । विकेटकिपर विनोद भण्डारी करिअरको अन्त्यतिर छन् । आसिफ शेख वर्तमान टोलीमा रहेका अर्का विकेटकिपर हुन् । आक्रामक ब्याटिङ नेपाली खेलाडीमा कमै देखिन्छ । टि२० ग्लोबल छनोट नजिकिंदै गर्दा अर्जुनजस्ता खेलाडी पनि टोलीको भविष्यका रुपमा अघि आएका छन् ।

हाललाई अर्जुन नेपाली क्रिकेटका भविष्य मात्र हुन् । उनलाई नेपालले कसरी सदुपयोग गर्छ त्यसले उनको करिअरमा धेरै प्रभाव पार्नेछ । राम्रोसँग तयार पार्न सके एक प्रभावशाली विकेटकिपर बन्नेमा शंका छैन ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.