default_image

2 years ago

August 18, 2022

भारत १० विकेटले विजयी

एजेन्सी – भारतले पहिलो ओडिआई खेलमा घरेलु टोली जिम्बावेलाई १० विकेटले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ । जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको भारतले ३०.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतका ओपनर शिखर धवन १ सय १३ बलमा ९ चौकासहित ८१ […]

144 views

0 Bookmark

एजेन्सी – भारतले पहिलो ओडिआई खेलमा घरेलु टोली जिम्बावेलाई १० विकेटले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।

जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको भारतले ३०.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतका ओपनर शिखर धवन १ सय १३ बलमा ९ चौकासहित ८१ रनमा अविजित रहे । शुभमन गिल ७२ बलमा १० चौका र १ छक्कासहित ८२ रनमा अविजित रहे ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावे ४०.३ ओभरमा १ सय ८९ रनमा अल आउट भयो । कप्तान रेजिस चकभा ५१ बलमा ४ चौकासहित सर्वाधिक ३५ रन बनाए ।

ब्राड इभान्स २९ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे । रिचर्ड नगभा ४२ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा आउट भए । नवौं विकेटका लागि नगभा र इभान्सले ७० रनको साझेदारी गर्दै जिम्बावेको शाख जोखाए ।

भारतका तीव्र गतिका बलर दीपक चाहरले ७ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । प्रसिद्ध कृष्णाले ८ ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । अक्षर पटेलले ७.३ ओभरमा २ मेडनसहित २४ रन खर्चेर ३ विकेट लिए । दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुनेछ ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.