default_image

2 years ago

August 20, 2022

रबाडाको सानदार बलिङमा दक्षिण अफ्रिका इनिङ अन्तरले विजयी

एजेन्सी – तीव्र गतिका बलर कागिसो रबाडाको सानदार बलिङमा दक्षिण अफ्रिकाले पहिलो टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्डलाई १२ रनको इनिङ अन्तरले पराजित गरेको छ । योसँगै तीन टेस्ट खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ । इंग्ल्यान्ड दोस्रो इनिङमा १ सय ४९ रनमा अल आउट भयो । इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र एलेक्स लेसले […]

45 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर कागिसो रबाडाको सानदार बलिङमा दक्षिण अफ्रिकाले पहिलो टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्डलाई १२ रनको इनिङ अन्तरले पराजित गरेको छ । योसँगै तीन टेस्ट खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ ।

इंग्ल्यान्ड दोस्रो इनिङमा १ सय ४९ रनमा अल आउट भयो । इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र एलेक्स लेसले ३५–३५ रन बनाए । ज्याक क्रली १३, ओली पोप ५, जो रुट ६, जोनी बेयरस्टो १८ र बेन स्टोक्स २० रनमा आउट भए । दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले सर्वाधिक तीन विकेट लिए । कागिसो रबाडा र मार्को यानसनले दुई दुई विकेट लिए ।

दक्षिण अफ्रिका पहिलो इनिङमा ३ सय २६ रनमा अल आउट हुँदै १ सय ६१ रनको अग्रता लिएको थियो । दक्षिण अफ्रिकाका ओपनर सारेल एर्वीले १ सय ४६ बलमा ६ चौकासहित सर्वाधिक ७३ रन बनाए । कप्तान डिएन एल्गर ४७, एडेन माक्ररम १६, रास्सी भान डर डुसेन १९, मार्को यानसन ४८ र केशव महाराज ४१ रनमा आउट भए ।

इंग्ल्यान्डका कप्तान बेन स्टोक्स र स्टुअर्ट ब्रोडले तीन तीन विकेट लिए । म्याथ्यु पट्स दुई, जेम्स एन्डरसन र ज्याक लेचले एक एक विकेट लिए ।

त्यसअघि लर्ड्समा पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड १ सय ६५ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका ओली पोपले १ सय २ बलमा ५ चौकासहित सर्वाधिक ७० रन बनाए ।

अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । दक्षिण अफ्रिकाका कागिसो रबाडाले सर्वाधिक पाँच विकेट लिए । नोर्कियाले तीन र यानसनले दुई विकेट लिए । दोस्रो खेल २५ अगष्ट देखि सुरुहुनेछ ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.