default_image

2 years ago

August 20, 2022

साउथी र बोल्टको उत्कृष्ट बलिङमा न्युजिल्यान्ड विजयी

एजेन्सी – तीव्र गतिका बलर टिम साउथी र ट्रेन्ट बोल्टको उत्कृष्ट बलिङमा न्युजिल्यान्डले दोस्रो ओडिआई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५० रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ । बार्बाडोसमा टस हारेर पहिला ब्याटिङ गर्दै न्युजिल्यान्ड ४८.२ ओभरमा २ सय १२ रनमा अल आउट […]

282 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर टिम साउथी र ट्रेन्ट बोल्टको उत्कृष्ट बलिङमा न्युजिल्यान्डले दोस्रो ओडिआई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५० रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ ।

बार्बाडोसमा टस हारेर पहिला ब्याटिङ गर्दै न्युजिल्यान्ड ४८.२ ओभरमा २ सय १२ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका ओपनर फिन एलेन १ सय १७ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ९६ रनमा आउट भए । डर्याल मिचेल ४१, मिचेल सान्टनर २६ र बोल्ट १६ रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् ।

वेस्टइन्डिजका स्पिनर केभिन सिन्क्लेयरले ८.२ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । जेसन होल्डरले ९ ओभरमा २ मेडनसहित २४ रन खर्चेर ३ विकेट लिए । अकिल हुसैनले दुई विकेट लिए ।

वर्षाको कारण वेस्टइन्डिजले ४१ ओभरमा जितको लागि डकवर्थ लेविस पद्धतिको आधारमा २ सय १२ रनको लक्ष्य पाएको थियो । उक्त विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ३५.३ ओभरमा १ सय ६१ रनमा अल आउट भयो ।

वेस्टइन्डिजका आठौं नम्बरका ब्याटर यानिक करियाहले ८४ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन बनाए । दशौं नम्बरका ब्याटर अल्जारी जोशेफले ३१ बलमा ५ चौका र २ छक्कासहित ४९ रन बनाए ।

बोल्ट र साउथीले सुरुवातमा वेस्टइन्डिजलाई ९.३ ओभरमा २७–६ को अवस्थामा पुर्याउँदै जितको आधार तय गरेका थिए । ७२–८ को अवस्थामा पुगेको थियो । नवौं विकेटका लागि यानिक र जोशेफले ८५ रनको साझेदारी गर्दै साख जोगाए । वेस्टइन्डिजका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

न्युजिल्यान्डका टिम साउथीले ७ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए । बोल्टले ६ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए । पहिलो खेलमा वेस्टइन्डिज ५ विकेटले विजयी भएको थियो । तेस्रो तथा निर्णाय खेल आइतबार हुनेछ ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.