default_image

2 years ago

August 28, 2022

रकिप र इफरानको सानदार ब्याटिङमा नेपाललाई कठिन लक्ष्य

209 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर रकिप पटेल र इफरान करिमले सानदार शतकीय अविजित साझेदारीमा घरेलु टोली केन्याले तेस्रो टि२० आई खेलमा नेपाललाई १ सय ५७ रनको कठिन लक्ष्य दिएकोछ । जिमखाना क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५७ रन बनायो ।

केन्याका रकिप पटेल ४३ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७३ रनमा अविजित रहे । विकेटकिपर इफरान करिम ४७ बलमा ४ चौका र २ छक्कासहित ५५ रनमा अविजित रहे । तेस्रो विकेटका लागि रकिप र करिमले १ सय २७ रनको सानदार अविजित शतकीय साझेदारी गरेका थिए ।

रकिप पटेलले १८ औं ओभरको अन्तिम बलमा करण केसीलाई छक्का हान्दै यस सिरिजमा अर्धशतक हान्ने पहिलो खेलाडी बने । तीव्र गतिका बलर सोमपाल कामीले पाँचौं ओभरको दोस्रो बलमा सुखदीप सिंहलाई ८ रनमा सन्दीप लामिछानेबाट क्याच गराए । उनले १२ बलमा १ चौका हाने ।

आदिल अन्सारीले छैटौं ओभरको अन्तिम बलमा कोलिन्स ओबुयालाई १४ रनमा बोल्ड गरे । १८ बल खेल्दै उनले १ चौका र १ छक्का प्रहार गरे । ओबुया आउट हुँदा केन्या २९-२ को अवस्थामा थियो । त्यसपछि नेपालले तेस्रो विकेट लिन सकेन । अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीलाई १९ रन प्रहार गर्दै केन्याले बलियो योगफल बनाएको थियो ।

सन्दीप लामिछानेले ४ ओभरमा ४२ रन खर्चेर विकेट लिन सकेनन् । दीपेन्द्रसिंह ऐरीले ३ ओभरमा ३१ रन खर्चिए । सोमपाल कामीले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । करण केसीले ३ ओभरमा २० रन खर्चेपनि विकेट लिनसकेनन् । आदिल अन्सारीले १ ओभरमा ४ रन खर्चेर १ विकेट लिए । पवन सरार्फले २ ओभरमा ९ रन खर्चिए ।

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

Success

Thank you for your time.