3 years ago
August 29, 2022
एजेन्सी – अलराउन्डर हार्दिक पान्ड्याको सानदार प्रदर्शनमा भारतले टि२० एसिया कपमा पाकिस्तानमाथि ५ विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतका रविन्द्र जडेजाले २९ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए । हार्दिक पान्ड्या १७ बलमा ४ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे । भारतलाई अन्तिम १२ बलमा २१ रन चाहिँएको थियो । १९ औं ओभरमा हरिस रौफलाई हार्दिक पान्ड्याले तीन चौकासहित कुल १४ रन जोड्दै जित नजिक पुर्याए ।
अन्तिम ६ बलमा जितको लागि ७ रन चाहिँएको थियो । स्पिनर मोहम्मद नवाजले पहिलो बलमा रविन्द्र जडेजालाई बोल्ड आउट गरे । दोस्रो बलमा दीनेश कार्तिकले हार्दिकलाई स्ट्राइक दिए । तेस्रो बलमा नवाजले डट राखे । हार्दिक पान्ड्याले छक्का प्रहार गर्दै खेल जिताए ।
भारतका ओपनर लोकेश राहुल दोस्रो बलमै बोल्ड आउट भए । डेब्यू खेल खेलेका तीव्र गतिका बलर नसिम शाहले राहुललाई बोल्ड गर्दै पाकिस्तानलाई ड्रिम सुरुवात दिलाए । लगत्तै विराट कोहलीको क्याच फखार जमानले स्लिपमा छाड्दै शून्यमा जीवनदान दिएका थिए ।

दास्रो विकेटका लागि कोहली र रोहितले ४९ रनको साझेदारी गरेका थिए । रोहित स्पिनर मोहम्मद नवाजको बलमा ठूलो सट खेल्ने धुनमा मिडअफमा इफ्तिखर अहमदबाट १२ रनमा क्याच भए । रोहितले १८ बल खेल्दा १ छक्का हाने ।
नवाजकै दशौं ओभरको पहिलो बलमा विराट कोहली लङअफमा इफ्तिखरबाट ३५ रनमा क्याच आउट भए । कोहलीले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । १५ औं ओभरको दोस्रो बलमा नसिम शाहले सूर्यकुमार यादवलाई १८ रनमा बोल्ड आउट गरे ।
पाकिस्तानका सादब खानले ४ ओभरमा १९ रन खर्चिए । डेब्यू खेल खेलेका नसिम शाहले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिँदै सानदार प्रदर्शन गरे । मोहम्मद नवाजले ३.४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तान १९.५ ओभरमा १ सय ४७ रनमा अल आउट भएको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ४२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाए ।

ओपनर तथा कप्तान बाबर आजम तेस्रो ओभरमै आउट भएपछि पाकिस्तान सुरुवातमै दबाबमा परेको थियो । तीव्र गतिका बलर भुवनेश्वर कुमारको बाउन्सर बलमा एज लागेर बाबर आजम १० रनमा अर्शदीपसिंहबाट क्याच आउट भए ।
आवेश खानको छैटौं ओभरको पाँचौं बलमा फखार जमान १० रनमा विकेटकिपर दीनेश कार्तिकबाट क्याच आउट भए । फखार एज लागेर अम्पायरले आउट नदिँदै आफैं पेभिलिएनतर्फ लागेका थिए ।
तेस्रो विकेटका लागि इफ्तिखर अहमद र रिजवानले ४५ रनको साझेदारी गरेका थिए । हार्दिकको बलमा इफ्तिखर २८ रनमा कार्तिकबाट क्याच भए । उनले २२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

हार्दिकको १५ औं ओभरको पहिलो बलमा रिजवान थर्डम्यानमा आवेश खानबाट क्याच आउट भए । एक बलपछि खुशदील शाह दुई रनमा क्याच आउट भए । भुवनेश्वर कुमारले विष्फोटक ब्याटर आसिफ अलीलाई ९ रनमा सूर्यकुमार यादवबाट क्याच गराएपछि ठूलो इनिङको सम्भावना सकिएको थियो । तल्लोक्रमका शहनवाजले ६ बलमा २ छक्कासहित १६ रनमा आउट भए ।
भारतका भुवनेश्वर कुमारले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । अर्शदीपसिंहले ३।५ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । आवेश खानले एक विकेट लिए ।
समूह ए मा भारत, पाकिस्तान र हङकङ छन् । समूह बी मा श्रीलंका, अफगानिस्तान र बंगलादेश छन् । पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले हराएको थियो । भारतले अव बुधबार हङकङसँग खेल्नेछ । पाकिस्तानले शुक्रबार हङकङसँग खेल्नेछ । शीर्ष दुई दुई टोली सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् । सुपरफोरका शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]