default_image

2 years ago

August 31, 2022

बंगलादेशलाई हराउँदै अफगानिस्तान सुपर फोरमा

एजेन्सी – स्पिनर राशिद खान र मुजिब उर रहमानको उत्कृष्ट बलिङमा अफगानिस्तानले टि२० एसिया कप २०२२ मा बंगलादेशलाई ७ विकेटले हराउँदै सुपर फोरमा स्थान बनाएको छ । समूह बी बाट अपराजित रहँदै अफगानिस्तान सुपर फोरमा पुग्ने पहिलो टोली बनेको हो । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले १८.३ ओभरमा ३ विकेट […]

189 views

0 Bookmark

एजेन्सी – स्पिनर राशिद खान र मुजिब उर रहमानको उत्कृष्ट बलिङमा अफगानिस्तानले टि२० एसिया कप २०२२ मा बंगलादेशलाई ७ विकेटले हराउँदै सुपर फोरमा स्थान बनाएको छ । समूह बी बाट अपराजित रहँदै अफगानिस्तान सुपर फोरमा पुग्ने पहिलो टोली बनेको हो ।


जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले १८.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । अफगानिस्तानका नाजिबउल्लाह जद्रान १७ बलमा १ चौका र ६ छक्कासहित ४३ रनमा अविजित रहे । इब्राहिम जद्रान ४१ बलमा ४ चौकासहित ४२ रनमा अविजित रहे ।

ओपनर हज्रतुल्लाह जजाई २३, रमानउल्लाह गुरबाज ११ र मोहम्मद नाबी ८ रनमा आउट भए । बंगलादेशका सकिब अल हसन, मोसाद्देक हसन र मोहम्मद सैफुद्दिनले एक एक विकेट लिए ।

त्यसअघि शारजाहमा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । बंगलादेशका मोसाद्देक हसनले ३१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४८ रनमा अविजित रहे । महमुदूल्लाह रियाद २५, अफिफ हुसैन १२ र माहेदी हसन १४ रनमा आउट भए ।

अफगानिस्तानका राशिद खानले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । मुजिब उर रहमानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए ।

समूह बी बाट अव श्रीलंका र बंगलादेश मध्य एक सुपर फोरमा पुग्नेछन् । श्रीलंकाको नेटरनरेट माइनस ५.१७६ हुँदा विशाल जित निकाल्नुपर्ने हुन्छ । यता समूह ए मा भारत, पाकिस्तान र हङकङ छन् । पहिलो खेलमा भारतले पाकिस्तानलाई हराएको थियो । आज भारत र हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई पुनः विशाल लक्ष्य पेश 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ […]

May 2, 2024

नेपालले टस हार्यो, पहिला बलिङ गर्दै 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । विश्वकप जाने १५ सदस्सिय टोली सार्वजनिक भएपछि आज नेपाल पहिलो पटक खेल्दैछ । यस सिरिजमा नेपालले २० जना खेलाडी प्रयोग […]

Success

Thank you for your time.