default_image

3 years ago

September 1, 2022

टिम डेविड अष्ट्रेलियाको टि२० विश्वकप टोलीमा

284 views

0 Bookmark

एजेन्सी – साविक विजेता अष्ट्रेलियाले आक्रामक ब्याटर टिम डेविडलाई पहिलो पटक समेट्दै अक्टोबर नोभेम्बरमा घरेलु मैदानमा हुने टि२० विश्वकपको लागि टोली घोषणा गरेको छ । सिंगापुरबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलि सकेका डेविड पहिलो पटक अष्ट्रेलियाको टोलीमा परेका हुन् ।

अष्ट्रेलियाले गतवर्ष विश्वकप जित्दाबाट टोलीमा एकमात्र परिवर्तन गरेको छ । लेगस्पिनर मिचेल स्वीपसनको स्थानमा डेविडलाई मौका दिएको हो । टिम डेविडले पछिल्लो समय फ्रेन्चाइज टि२० क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् । सिंगापुरमा जन्मिएका डेविडले अष्ट्रेलियाबाट घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका थिए । गत वर्षको आइपिएलमा मुम्बई इन्डियन्सबाट डेविडले ८ खेलमा २ सय १६ को स्ट्राइक रेटमा कुल १ सय ६८ रन बनाएका थिए ।

अष्ट्रेलियाबाट मौका नपाएपछि डेविडले २०१९ मा सिंगापुरबाट क्रिकेट खेलेका थिए । जसक्रममा टि२० विश्वकप एसिया छनोटमा डेविडले नेपालविरुद्ध ७७ रनको इनिङ खेल्दै नेपालको टि२० विश्वकप सपना समाप्त पारेका थिए । सिंगापुरबाट उनले १४ टि२० आई खेलेका छन् । २६ वर्षीय उनले हालसम्म १ सय २२ टि२० खेलमा १६४.१७ को स्ट्राइकरेटमा ११ अर्धशतकसहित कुल २ हजार ६ सय ४० रन बनाएका छन् ।

अष्ट्रेलियाले सेप्टेम्बरमा तीन टि२० आई सिरिजको लागि भारत भ्रमण गर्नेछ । भारत भ्रमणमा ओपनर डेविड वार्नरलाई विश्राम दिँदा क्यामरन ग्रिनले मौका पाउनेछन् । त्यसपछि घरेलु मैदानमा वेस्टइन्डिजसँग दुई र इंग्ल्यान्डसँग तीन टि२० आई खेल्दै विश्वकपको तयारी पूरा गर्नेछ ।

अष्ट्रेलिया सुपर १२ को समूह १ मा छ । अष्ट्रेलिया, अफगानिस्तान, इंग्ल्यान्ड, न्युजिल्यान्ड र पहिलो चरणबाट आउने दुई टोली हुनेछन् । अष्ट्रेलियाले विश्वकपमा पहिलो खेल २२ अक्टोबरमा सिड्नीमा न्युजिल्यान्डसँग खेल्दै सुरुवात गर्नेछ । शीर्ष दुईमा पर्न सके सेमिफाइनल खेल्नेछ ।

अष्ट्रेलिया टि२० विश्वकप टोली :

एश्टन अगर, प्याट कमिन्स (उपकप्तान), टिम डेविड, आरोन फिन्च (कप्तान), जोश हेजलवुड, जोश इंग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचडर््सन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टाइनिस, म्याथ्यु वेड, डेविड वार्नर र एडम जाम्पा ।

टिम डेविडको क्रिकेट जीवनी : अष्ट्रेलियन डेविड जसले सिंगापुरलाई विश्वकपनजिक पुर्याए

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.