default_image

2 years ago

September 5, 2022

केन्यामाथि क्लिनस्विप गर्ने सोचमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो तथा अन्तिम एकदिवसिय अभ्यास खेलमा आज केन्यासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ : १५ मा नैरोबीमा रहेको जिमखान क्लब मैदानमा सुरुहुनेछ । एक खेल अगावै सिरिज जितेको नेपाल क्लिनस्विप गर्ने सोचमा हुनेछ । केन्या अन्तिम खेलमा जितका साथ सिरिजमा क्लिनस्विप हुनबाट बच्न चाहन्छ । नेपाल पहिलो […]

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो तथा अन्तिम एकदिवसिय अभ्यास खेलमा आज केन्यासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ : १५ मा नैरोबीमा रहेको जिमखान क्लब मैदानमा सुरुहुनेछ ।


एक खेल अगावै सिरिज जितेको नेपाल क्लिनस्विप गर्ने सोचमा हुनेछ । केन्या अन्तिम खेलमा जितका साथ सिरिजमा क्लिनस्विप हुनबाट बच्न चाहन्छ । नेपाल पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा १७ रनले विजयी भएको थियो ।

पहिलो खेल सहज जिताउन ओपनर आसिफ शेखले १ सय १० रन र अर्जुन साउदले ६१ रनको इनिङ खेलेका थिए । दोस्रो खेलमा नेपालले आसिफ शेखलाई विश्राम दिँदै देव खनाललाई मौका दिएको थियो । दोस्रो खेल जिताउन कप्तान रोहित पौडेलले ७८ रनको कप्तानी इनिङ खेलेका थिए ।

नेपालले सिरिज जिति सकेको खण्डमा आज मौका नपाएका खेलाडीलाई अवसर दिनसक्छ । युवा अलराउन्डर विवेक यादव र तीव्र गतिका बलर किशोर महतोलाई मौका दिनसक्छ । यी दुई खेलाडीलाई नेपालले खराब प्रदर्शन गर्दै आएका पवन सरार्फ र दीपेन्द्रसिंह ऐरीलाई विश्राम दिँदै मौका दिनसक्छ । त्यस्तै आरिफ शेख र आसिफ शेख दुबैलाई आजको खेलमा मौका दिनसक्छ ।

नेपालको तीव्र गतिको बलरमा सोमपाल कामी र करण केसी छन् । नेपालले एक बलरलाई विश्राम दिनसक्छ । ज्ञानेन्द्र मल्ल, देव खनाल र रोहित पौडेलको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

केन्याका राकिप पटेल, इफरान करिम र कोलिन्स ओबुयाले राम्रो प्रदर्शन गर्दै आएका छन् । राकिप पटेलले दोस्रो खेलमा ८१ रनको इनिङ खेल्दै एक समय नेपाललाई दबाबमा राखेका थिए ।

यी तीन ब्याटरको प्रदर्शनमा केन्याको योगफल निर्धारण हुनेछ । स्पिनर विरज पटेलले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । कप्तान शेम न्गोचेले पनि मध्यक्रममा विकेट लिँदै नेपाललाई दबाबमा राख्दै आएका छन् ।

नेपालले केन्यासँगको पाँच टि२० आई सिरिज भने ३–२ ले जितेको थियो । टि२० आई सिरिजपछि सन्दीप लामिछाने भने क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज गएका छन् । त्यसैको कारण उपकप्तान रोहित पौडेलले एकदिवसिय अभ्यास खेलमा नेपालको कप्तानी गरेका छन् ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.