3 years ago
September 5, 2022
एजेन्सी – टि२० एसिया कप २०२२ को सुपर फोरमा भारतलाई ५ विकेटले हराउन नायक बनेका पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले आफ्नो लक्ष्य उपाधि रहेको बताएका छन् ।

भारतले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । ओपनर मोहम्मद रिजवानले ५१ बलमा ६ चौका र २ छक्कासहित ७१ रनको इनिङ खेले । नवाजले आक्रामक ४२ रन जोड्दै प्लेयर अफ द म्याच चुनिए । तर प्रमुख ब्याटर बाबर आजम १४ रनमै आउट भएका थिए ।
पाकिस्तानका प्रमुख ब्याटर बाबर आजम एसिया कपमा चल्न सकेका छैनन् । तर पाकिस्तानका मध्यक्रमका ब्याटरले हङकङ र भारतसँगको खेल जिताए । मोहम्मद नवाज सबै खेलाडीमा जिताउन सक्ने क्षमता रहेको बताउँछन् ।
‘बाबर हाम्रो टोलीको मेरुद्दण्ड हुन् भन्नेमा कुनै दुविधा छैन । उनले त्यसै अनुसार प्रदर्शन गर्दै आएका पनि छन् । मलाई लाग्छ बाँकी जतिपनि खेलाडी छन् तिनीहरु त्यतिनै राम्रा छन् । समय आएपछि उनीहरु पनि प्रदर्शन गर्न सक्छन् । दोस्रो खेलाडीमा अवसर आउँदा त्यसलाई सदुपयोग गर्ने हुन्छ’, नवाजले भने ।

पाकिस्तानले आश्चर्य पार्दै चौथो नम्बरमा नवाजलाई ब्याटिङमा पठाएको थियो । नवाजले पनि त्यसको फाइदा उठाउँदै २० बलमा ६ चौका र २ छक्कासहित ४२ रन जोड्दै जितको आधार तय गरेका थिए । जसक्रममा नवजाले तेस्रो विकेटका लागि रिजवानसँग ७३ रनको साझेदारी गरेका थिए । टिम म्यानेजमेन्ट र कप्तानले दायाँ र बायाँ हाते सन्तुल मिलाउन माथि ब्याटिङ गर्न पठाएको नवाज बताउँछन् ।
‘ मलाई सुरुमै तयार हुन भनिएको थियो । यदि बायाँ हाते खेलाडी आउट भएमा ब्याटिङ गर्न जाने कुरा थियो । फखार जमान आउट भएपछि म गए । म जव ब्याटिङ गर्न गए त्यो समय स्पष्ट मानसिक सोच थियो । त्यो समय १० रन प्रतिओभर चाहिँएको थियो । आफ्नो न्यूनतममा ध्यान दिँदै ब्याटिङ गर्ने सोच थियो’, उनले भने ।
‘मेरो र रिजवानको जव साझेदारी भएको थियो । त्यो बेला हाम्रो मनमा यसैलाई निरन्तरता दिउँ भन्ने थियो । अन्तिममा आसिफ अली र खुशदील शाहले १०१२ रन प्रति ओभर सजिलै बनाउन सक्थें’, उनले भने ।

बाबर भारतसँग पहिलो खेलमा १० रन, हङकङसँग ९ र भारतसँग सुपर फोरमा १४ रनमा आउट भएका थिए । नजाव बाबरले आगमी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बताउँछन् ।
‘बल्ल तीन इनिङ भयो । तीन खेलमा प्रदर्शन हुन गर्न सक्दैन भने यो त कुनैपनि खेलाडीसँग हुनसक्छ । हामी त उनको प्रदर्शनको अन्डर खेल्ने गर्दछौं । मलाई पूर्ण विश्वास छ उनले पूनरागमन गर्नेछन् । आगमी दिनमा हाम्रा ठूला खेल छन् । हामीलाई कप (उपाधि) जित्नुछ । बाबरले आगमी खेलमा उत्कृष्ट प्रदर्शन गरुँन्’, नवाजले बाबरको प्रदर्शनबारे भने ।
भारतले सुरुवातमा सानदार प्रदर्शन गरेको थियो । पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ६२ रन बनाएको थियो । नवाज भारत विशेष योजनाको साथ आएको बताउँछन् ।
‘सुरुमा उनीहरुले आक्रामण गर्दा विशेष योजनाका साथ आए जस्तो लागेको थियो । पछिल्ला दुई खेलमा हामीलाई विकेट मिलेको थियो । त्यसैले लागेको थियो उनीहरु योजनाका साथ आएका छन् । रिजवानसँग पनि कुरा भएको थियो । रिजवान २ सय वला पिच रहेको बताएका थिए । हामीले दुई समय रन पूरा गरेको भएपनि त्यो कुनै आश्चर्य हुने थिएन । हामी के राम्रो गर्न सक्छौं त्यो गर्न तर्फ लाग्यौं । यस पिचमा १ सय ८१ रनको लक्ष्य कठिन थिएन’, उनले भने ।

भारतले दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हार्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । भारतका विराट कोहलीले ४४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६० रन बनाएका थिए । ओपनर लोकेश राहुल र रोहित शर्मा २८(२८रनमा आउट भएका थिए ।
समूह चरणको खेलमा पाकिस्तान भारतसँग ५ विकेटले पराजित भएको थियो । सुपर फोरमा भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान छन् । सुपर फोरको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको थियो ।
भारतले अव मंगलबार श्रीलंका र बिहीबार अफगानिस्तानसँग खेल्नेछ । पाकिस्तानले बुधबार अफगानिस्तान र शुक्रबार श्रीलंकासँग खेल्नेछ । शीर्ष दुईमा रहने टोली फाइनल खेल्नेछन् । फाइनल आइतबार हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]