default_image

2 years ago

September 5, 2022

नेपालले टस हार्यो, पवन र करण बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो तथा अन्तिम एकदिवसिय अभ्यास खेलमा केन्यासँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । नैरोबीमा रहेको जिमखान क्लब मैदानमा केन्याका कप्तान शेम न्गोचेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा करण केसीलाई विश्रमा दिएको छ । करणको स्थाना नेपालले किशोर महतोलाई मौका दिएको छ […]

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो तथा अन्तिम एकदिवसिय अभ्यास खेलमा केन्यासँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । नैरोबीमा रहेको जिमखान क्लब मैदानमा केन्याका कप्तान शेम न्गोचेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आजको खेलमा करण केसीलाई विश्रमा दिएको छ । करणको स्थाना नेपालले किशोर महतोलाई मौका दिएको छ । त्यस्तै पवन सरार्फको स्थानमा आसिफ शेखलाई मौका दिएको छ । एक खेल अगावै सिरिज जितेको नेपाल क्लिनस्विप गर्ने सोचमा हुनेछ । केन्या अन्तिम खेलमा जितका साथ सिरिजमा क्लिनस्विप हुनबाट बच्न चाहन्छ । नेपाल पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा १७ रनले विजयी भएको थियो ।

पहिलो खेल सहज जिताउन ओपनर आसिफ शेखले १ सय १० रन र अर्जुन साउदले ६१ रनको इनिङ खेलेका थिए । दोस्रो खेलमा नेपालले आसिफ शेखलाई विश्राम दिँदै देव खनाललाई मौका दिएको थियो । दोस्रो खेल जिताउन कप्तान रोहित पौडेलले ७८ रनको कप्तानी इनिङ खेलेका थिए ।

केन्याका राकिप पटेल, इफरान करिम र कोलिन्स ओबुयाले राम्रो प्रदर्शन गर्दै आएका छन् । राकिप पटेलले दोस्रो खेलमा ८१ रनको इनिङ खेल्दै एक समय नेपाललाई दबाबमा राखेका थिए । नेपालले केन्यासँगको पाँच टि२० आई सिरिज भने ३–२ ले जितेको थियो । टि२० आई सिरिजपछि सन्दीप लामिछाने भने क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज गएका छन् । त्यसैको कारण उपकप्तान रोहित पौडेलले एकदिवसिय अभ्यास खेलमा नेपालको कप्तानी गरेका छन् ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, किशोर महतो, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, साहब आलम, बसिर अहमद र देव खनाल ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.