default_image

2 years ago

September 5, 2022

नेपालको केन्यामाथि सानदार क्लिनस्विप

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले केन्यासँगको तीन एकदिवसिय अभ्यास खेलमा सानदार क्लिनस्विप गरेको छ । अन्तिम तथा तेस्रो खेलमा नेपालले केन्यामाथि ६ विकेटको उत्कृष्ट जित हात पार्दै सिरिजमा क्लिनस्विप गरेको हो । जितको लागि २ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेल […]

230 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले केन्यासँगको तीन एकदिवसिय अभ्यास खेलमा सानदार क्लिनस्विप गरेको छ । अन्तिम तथा तेस्रो खेलमा नेपालले केन्यामाथि ६ विकेटको उत्कृष्ट जित हात पार्दै सिरिजमा क्लिनस्विप गरेको हो ।

जितको लागि २ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेल ४६ बलमा ४ चौकासहित ४६ रनमा अविजित रहे । बसिर अहमद ४९ बलमा ७ चौकासहित ५२ रनमा अविजित रहे ।

पाँचौं विकेटका लागि बसिर अहमद र रोहित पौडेलले ९५ रनको अविजित साझेदारी गर्दै जित पक्का गराए । नेपालका अर्जुन साउद ९० बलमा ३ चौका र २ छक्कासहित ५८ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ५१ बलमा १ चौकासहित ३३ रनमा आउट भए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र अर्जुनले ८१ रनको साझेदारी गरेका थिए । देव खनाल १ रनमा आउट भए ।

ओपनर आसिफ शेख ४३ बलमा ९ चौका र २ छक्कासहित ५६ रन जोड्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । केन्याका विरज पटेलले १० ओभरमा ४७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि जिमखाना क्लब मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५५ रन बनाएको थियो ।

केन्याका तेस्रो नम्बरका ब्याटर कोलिन्स ओबुयाले १ सय ११ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ८४ रन बनाए । स्पिनर साहब आलमले बोल्ड गरेपछि उनी शतक बनाउन चुकेका थिए । तल्लोक्रमका लुकास ओलुओचले विष्फोटक ब्याटिङ गरेपछि केन्याले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको हो ।

लुकासले २७ बलमा ५ चौका र ५ छक्कासहित आक्रामक ५७ रनको अविजित इनिङ खेलेका थिए । अन्तिम ओभरमा स्पिनर बसिर अहमदलाई लुकासले २० रन प्रहार गरेका थिए ।

ओपनर नेल्सन ४ रनमा रन आउट भए । दीपेन्द्रसिंह ऐरीले चौथो ओभरको तेस्रो बलमा मिडअनबाट रन आउट गराएका थिए । सुखदीप सिंह र कोलिन्सले दोस्रो विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए । सुखदीप ६७ बलमा ४ चौकासहित ३७ रनमा सोमपाल कामीबाट क्याच आउट भए ।

प्रमुख ब्याटर राकिप पटेल ७ र सचिन भुडिया ८ रनमा आउट भए । तल्लोक्रमका इमानुलएल बुन्डी ३१ बलमा २ चौकासहित २३ रनमा आउट भए । कप्तान शेम न्गोचे २० बलमा १ चौका र १ छक्कासहित १७ रनमा आदिल अन्सारीको बलमा बोल्ड भए ।

नेपालका सोमपाल कामीले १० ओभरमा १ मेडनसहित ३६ रन खर्चेर २ विकेट लिए । आदिल अन्सारीले १० ओभरमा १ मेडनसहित ५६ रन खर्चेर २ विकेट लिए । साहब आलमले १० ओभरमा ५६ रन खर्चेर १ विकेट लिए । बसिर अहमदले ९ ओभरमा ४७ रन खर्चेर १ विकेट लिए ।

नेपालले तीन एकदिवसिय अभ्यास खेलको सिरिज एक खेल अगावै जितेको छ । नेपालले पहिलो खेल ७ विकेट र दोस्रो खेल १७ रनले विजयी भएको थियो । पाँच टि२० आई सिरिज नेपालले ३(२ ले जितेको थियो ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.