default_image

3 years ago

September 8, 2022

कोहलीको सानदार शतकमा भारतको विशाल योगफल

334 views

0 Bookmark

एजेन्सी – ओपनर विराट कोहलीको सानदार शतकमा भारतले टि२० एसिया कप २०२२ को सुपर फोर खेलमा अफगानिस्तानलाई २ सय १३ रनको विशाल लक्ष्य दिएकोछ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १२ रन बनायो ।

भारतका विराट कोहली ६१ बलमा १२ चौका र ६ छक्कासहित १ सय २२ रनको अविजित शतकीय इनिङ खेले । कोहलीको यो टि२० आई करिअरको पहिलो शतक हो । अन्तर्राष्ट्रिय करिअरको ७१ औं शतक हो ।

कोहलीले १९ औं ओभरको दोस्रो बलमा फरिद अहमदलाई छक्का हान्दै १ हजार २१ दिनपछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक हानेका छन् । कोहलीले ५३ बलमा शतक पूरा गरेका थिए ।

कप्तान लोकेश राहुल ४१ बलमा ६ चौका र २ छक्कासहित ६२ रनमा आउट भए । रोहित शर्मालाई विश्राम दिँदा लाहुलले भारतको कप्तानी गरेका छन् । पहिलो विकेटका लागि राहुल र कोहलीले १२.४ ओभरमा १ सय १९ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । सूय कुमार यादव ६ रनमा आउट भए । ऋषभ पन्त १६ बलमा ३ चौकासहित २० रनमा अविजित रहे ।

अफगानिस्तानका फरिद अहमदले ४ ओभरमा ५७ रन खर्चेर २ विकेट लिए । भारत र अफगानिस्तान भने सुपर फोरबाट बाहिरि सकेका छन् । पाकिस्तान र श्रीलंकाले उपाधिको लागि आइतबार प्रतिस्पर्धा गर्नेछन् ।

यो पनि :आसिफ अलीले बलरलाई ब्याटले हान्न खोजेपछि…

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.