default_image

3 years ago

September 8, 2022

आसिफ अलीले बलरलाई ब्याटले हान्न खोजेपछि…

212 views

0 Bookmark

एजेन्सी – बुधबार राती टि२० एसिया कप २०२२ को सुपर फोरमा पाकिस्तानले अफगानिस्तानमाथि एक विकेटको रोमान्चक जित हात पार्दै फाइनलमा स्थान पक्का गरायो । जितको लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।

अन्तिम ६ बलमा जितको लागि पाकिस्तानलाई ११ रन चाहिँएको थियो । फजलहक फारुकीलाई नसिम शाहले लगातार दुई छक्का हान्दै पाकिस्तानलाई एक अविस्मरणीय जित दिलाए ।

तर १९ औं ओभरमा भने पाकिस्तानका ब्याटर आसिफ अली र अफगानिस्तानका तीव्र गतिका बलर फरिद अहमदबीच झगडा भएको थियो । पाकिस्तानलाई अन्तिम १२ बलमा जितको लागि २१ रन चाहिँएको थियो । चौथो बलमा आसिफ अलीले फरिद अहमदलाई छक्का हानेपछि ८ बलमा १२ रन चाहिँएको थियो ।

फरिदले पाँचौं बल बाउन्सर हाले । आसिफ एज लागेर फाइन लेगमा करिम जन्नतबाट क्याच आउट हुन पुगे । जन्नत तीनै बलर हुन् गत वर्ष टि२० विश्वकपमा आसिफ अलीले १९ औं ओभरमा चार छक्का हान्दै खेल जिताएका थिए । आसिफ अलीको विकेट अफगानिस्तानको लागि निर्णायक जस्तै मानिएको थियो । त्यसैले त्यो खुशी अरु विकेट भन्दा धेरै थियो । फरिदले त्यो खुसीको सेलेब्रेसन गरे ।

आक्रामक रुपमा प्रस्तुत हुँदै फरिदले आसिफ नजिक पुगेर सेलेब्रेसन गरेका थिए । आसिफ आउट भएपछि फर्किनेक्रममा उनको अगाडि सेलेब्रेसन गरेपछि झगडा सुरु भएको थियो । उनकै अगाडि सेलेब्रेसन गरेपछि आसिफलाई फरिदलाई हातले हान्दै हटाएका थिए ।

त्यो धक्काले फरिदको घाँटीमा लाग्यो । त्यसपछि फरिद अझ रुष्ट हुँदै आसिफ नजिक पुगेका थिए । आसिफ पेभेलिएन तर्फलागेपनि फरिद उनीतर्फ गए । आसिफ चार पाइला अघि बढेपछि फरिद कराउँदै पछिपछि गएपछि ब्याटले हान्न लागेका थिए । आसिफ संयमित हुँदै ब्याट भने छाडेनन् ।

आउट भएपछि आक्रोशित बनेपछि केहि समय थप झगडा भएको थियो । मिडअनबाट दौडिएर अफगानिस्तानका आजमतुल्लाह ओमरजाईले आसिफ र फरिदबीचको झगडा रोक्न खोजे । अम्पायर पनि त्यसतर्फ लागे । अफगानिस्तानका युवा विकेटकिपर रहमानुल्लाह गुरबाजले फरिदलाई समात्दै केहिअघि लगेर झगडा नगर्न आग्रह गरे ।

अफगानिस्तानको टोलीले फरिदलाई रोक्दै थप झगडा हुनबाट बचाएको थियो । आसिफ अझैपनि रुष्ट हुँदै ब्याट देखाउँदै अघि बढेका थिए । पाकिस्तानको बेन्चमा रहेका हसन अली पनि आसिफ नजिकै आउँदै संयमित हुन आग्रह गरे ।

खेलको पुरै माहोल अफगानिस्तानमा गएको थियो । भारत झिनो अंक गणीतिय सम्भावना कायमै हुने भएपछि खुशी मनाउन थालेको थियो । यसै ओभरको अन्तिम बलमा नसिम शाहले एक रन बटुलेका थिए । क्रिजमा दुबै तीव्र गतिका युवा बलर नसिम शाह र मोहम्मद हसनैन थिए । बलिङ गर्न फारुकी आए । फारुकीले १८ औं ओभरमा मोहम्मद नवाज र खुशदील शाहलाई आउट गर्दै मात्र चार रन खर्चिदै खेल मोडेका थिए ।

फारुकीले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिँदै अफगानिस्तानलाई ऐतिहासिक जित नजिक मात्र पुर्याएका थिएनन् भारतको फाइनलको आशा जगाएका थिए । क्रिजमा नसिम शाह र हसनैनन हुँदा धेरैले अफगानिस्तानको जित अनुमान गरेका थिए । तर नसिम हिरो बन्दै लगातार दुई छक्का हाने ।

फारुकीले योर्करको धुनमा पहिलो बल फुलटस फ्याँलेका थिए । नसिमले लङअफमा सानदार छक्का हान्दै पाँच बलमा पाँच रन चाहिँने बनाए । पाकिस्तानले हरेक बलमा एक रन जोड्दा पनि खेल जित्ने अवस्थामा पुगेको थियो । तर हातमा विकेट थिएन । दोस्रो बलमा फारुकीले योर्करको प्रयास गरेपनि नसिमले छक्का हान्दै खेल फाइनलमा स्थान पक्का गराए ।

यसै खेलमा पहिलो इनिङमा भने अफागनिस्तान र पाकिस्तानका खेलाडीबीच एउटा सुन्दर क्षण थियो । तीव्र गतिका बलर हरिस रौफ र राशिद खानले देखाएको खेल भावनाले पनि राम्रो चर्चा पाएको थियो । अन्तिम ओभरमा हरिस रौफ र राशिद खानले अंगालो मार्दै खेल भावना देखाएका थिए । हरिस रौफलको बल बाउन्सको अपेक्षा गरेपनि स्वलोअर आएपछि राशिद मिस भएका थिए । त्यसैक्रममा रौफले राशिदसँग रमाइलो गरेका थिए ।

कारबाहीको सम्भावना

पाकिस्तानका आसिफ अलीलाई कारबाहीको सम्भावना देखिन्छ । क्रिकेटमा अनुशासन सधैं पहिलो प्राथमिकतामा रहँदै आएको छ । यो अवस्थामा खेल भावना विपरित झगडा गरेका आसिफ अली कारबाहीमा पर्ने उच्च सम्भावना छ । फरिदलाई पनि कारबाही हुनसक्छ । कस्तो खालको कारबाही गर्ने त्यो भने अम्पायर र म्याच रेफ्रीको निर्णयमा भरपर्छ । आसिफलाई बढी र फरिदलाई कम कारबाही हुने देखिन्छ ।

यो पनि :

पाकिस्तानको जितसँगै भारत बाहिरियो

नसिम नायक बन्दा पाकिस्तान फाइनलमा

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.