3 years ago
September 12, 2022
एजेन्सी – पाकिस्तानका प्रमुख अलराउन्डर शादब खानले टि२० एसिया कप २०२२ को फाइनलमा श्रीलंकाविरुद्ध क्याच ड्रप गरेको कारण माफी मागेका छन् । श्रीलंकाले पाकिस्तानलाई २३ रनले हराउँदै उपाधि जितेको छ । फाइनलमा श्रीलंकासँगको हारपछि शादब खानले माफी मागेका छन् ।

‘क्याचले नै म्याच जित्ने हो । तर माफ गर्नुहोस् । म यो हारको जिम्मेवारी लिन्छु । मैले मेरो टोलीलाई तल झारे’, शादबले भावुक हुँदै लेखेका छन् ।
शादब खानले ब्यक्तिगत ४६ रनमा भानुका राजपक्षेको क्याच ड्रप गरेका थिए । तीव्र गतिका बलर हरिस रौफको १८ औं ओभरको चौथो बलमा लङअनमा शादबले राजपक्षे ४६ रनमा क्याच छाडेका थिए । जुन समय श्रीलंका १४५–६ को अवस्थामा थियो । त्यसपछि राजपक्षेले ब्यक्तिगत २५ रन जोड्दै जितको आधार तय गरेका थिए ।
फाइनलमा शादब खानको फिल्डिङ भने सम्झन लायक रहेन । सुरुवातमै उनलाई बलले टाउकोमा लागेको थियो । ब्यक्तिगत ५१ रनमा राजपक्षेले पुनः जीवनदान पाए । मोहम्मद हसनैनको अन्तिम बलमा राजपक्षेको क्याच ड्रप गर्दै छक्का बनेको थियो । शादब खान डिप मिडविकेटमा आसिफ अलीले लिएको क्याचमा ठोकिन पुग्दै बल छक्का हुन पुगेको थियो ।

शादबले मोहम्मद नवाज, हरिस रौफ र नसिम शाह टोलीको सकरात्मक पक्ष मानेका मानेका छन् । सम्पूर्ण टिमले सक्दो प्रयास गरेको भन्दै श्रीलंकालाई बधाई दिएका छन् ।
आइतबार राती जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय ४७ रन बनायो । पाकिस्तानका मोहम्मद रिजवानले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५५ रनमा आउट भए । इफ्तिखार अहमदले ३२ रन बनाए । अन्य कुनैपनि ब्याटरले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।
श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । प्रमोद मदुशनले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । चामिका करुणारत्ने दुई र महेथ थिक्सेनाले एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनायो । श्रीलंकाका भानुका राजपक्षे ४५ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७१ रनमा अविजित रहे ।
वानिन्दु हसरंगा २१ बलमा ५ चौका र १ छक्कासहित ३६ रनमा आउट भए । एक समय ५८–५ को खराब अवस्थामा पुगेको श्रीलंकालाई छैटौं विकेटका लागि राजपक्षे र हसरंगाले ३६ रनमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट पूनरागन गराएका थिए । पाकिस्तानका तीव्र गतिका हरिस रौफले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]