default_image

3 years ago

September 13, 2022

च्याम्पियन श्रीलंकाको भब्य स्वागत

216 views

0 Bookmark

एजेन्सी – टि२० एसिया कप २०२२ च्याम्पियन श्रीलंका टोलीको स्वदेशमा भब्य स्वागत भएको छ । फाइनलमा पाकिस्तानलाई हराउँदै च्याम्पियनका साथ श्रीलंका फर्केको टोलीको भब्य स्वागत गरेको छ ।


शहर परिक्रमा गराउँदै श्रीलंका क्रिकेट बोर्डले भब्य स्वागत गरेको हो । श्रीलंका क्रिकेट टोली उपाधि जितेर मंगलबार स्वदेश फर्किएपछि एर्पोट देखिनै भब्य स्वागत भएको छ ।

आइतबार फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले २०१४ पछि एसिया कपको उपाधि जितेको थियो। श्रीलंकाले २०१४ को एसिया कप र टि२० विश्वकपपछि पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको हो ।

भारतले सर्वाधिक ७ पटक एसिया कप जितेको छ । श्रीलंकाले ६ र पाकिस्तानले दुई पटक उपाधि जितेको छन् । श्रीलंकाले पहिलो पटक सन् १९८६ मा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो । १९९७ मा भारतलाई फाइनलमा ८ विकेटले हराउँदै जितेको थियो ।

२००४ र २००८ मा भारतलाई नै लगातार हराउँदै उपाधि जितेको थियो । पछिल्लो पटक २०१४ को एसिया कपमा पाकिस्तानलाई नै ५ विकेटले हराउँदै उपाधि जितेको थियो ।

श्रीलंकाले २०१४ को टि२० विश्वकपको फाइनलमा भारतलाई ६ विकेटले हराउँदै च्याम्पियन बनेको थियो । त्यसपछि भने अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाले लगातार खराब प्रदर्शन गर्दै आएको थियो ।

२०१५ को एकदिवसिय विश्वकपमा क्वाटरफाइनल र २०१९ को एकदिवसिय विश्वकपमा श्रीलंका पहिलो चरणबाटै बाहिरिएको थियो ।

२०१६ र २०२१ को टि२० विश्वकपमा पनि श्रीलंका दोस्रो चरणबाटै बाहिरिएको थियो । एसिया कप २०१६ र २०१८ मा पनि श्रीलंका खराब प्रदर्शन गर्दै बाहिरिएको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.